डब्ल्युएचओले भन्यो, ‘कोरोना अन्त्य हुन गाह्राे छ’

काठमाडौं । अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ ।

विश्वमा कोरोना भाइरसको संक्रमण बढ्नुको सट्टा झनझन् बढेको भन्दै डब्ल्युएचओले कोरोना महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ । विश्वमा कोरोना संक्रमितको ग्राफ बढिरहेको बताउँदै महामारी अन्त्य हुन निकै समय लाग्ने देखिएको डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।

‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा एक लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘झण्डै दुई तिहाइ केस त मात्रै चार देशका हुन् ।’

उनका अनुसार पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएको छ । विश्वभरमा दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएको डब्लूएचओले जनाएको छ ।

बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ । उसका अनुसार पछिल्लो २४ घण्टामा विश्वका एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अझ विज्ञहरूले धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेकाले संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेका छन् ।

बिहीबार बिहान ९ बजेसम्म वर्ल्डओमिटरको तथ्याङ्कअनुसार विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख ८५ हजार ५ सय पुगेको छ । जसमध्ये ३ लाख २९ हजार ७३१ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार ६६६ जना निको भएका छन् । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस