ओलीको वासुरीमा गौतम नाचेकै हुन् त !

डम्मर वम

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पाँच वर्षको लागि स्थायी सरकार भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनीले पछिसम्म त भन्दैन तर हाललाई यो सरकार पाँच वर्षको लागि स्थायी सरकार बताएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका थिए । पार्टी भित्र दुई विवादास्पद अध्यादेशबाट बिवाद शुरु भएपछि आन्तरिक विवादका क्रममा गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका थिए । संसदमा प्रधामन्त्रीले यही सरकार पाँच वर्षको लागि स्थायी सरकार भनेपछि अब गौतमलाई देखाएकोे प्रधानमन्त्री पद ललीपप मात्र हो ? कि गौतम ओलीको वासुरीमा नाचेका हुन् त  ? याे गम्भीर प्रश्न छ ।

प्रधानमन्त्री ओली विरुद्ध पार्टीभित्र प्रधामन्त्री र अध्यक्षकोे विकल्प खोज्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, पार्टी उपाध्यक्ष भिम रावल लगायतका नेताहरु एक ठाउँमा भएका थिए । सोही क्रममा ओलीले गौतमलाई आगामी प्रधामन्त्रीको रुपमा अगाढी सारेपछि गौतम भावि प्रधानमन्त्रीका लागि छलफलमा जुटको थिए । प्रधानमन्त्रीको सो प्रस्तावलाई विभिन्न विश्लेषकहरुले प्रधानमन्त्रीले राम्रो मनसायले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको होइन । त्यहाँनिर पनि छल देखिन्छ, भनी कटाक्ष गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस