धुर्मुस-सुन्तलीले गरे मिचिएको भूमि फिर्ताको माग [भिडियोसहित]

काठमाडौं । भारतले लिपुलेकमा सडक बनाएको विषयलाई लिएर हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीले बनाएको भिडियो सार्वजनिक भएको छ । लकडाउनका बेला विभिन्न चेतनामुलक भिडियो निर्माण गरिहेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पछिल्लो पटक लिपुलेकको विषयलाई समेटेर तयार पारेको भिडियो सार्वजनिक गरेका हुन् ।

व्यंगात्मक शैलीमा बनाइएको भिडियोमा भारतले लिपुलेक हुँदै लिम्पियाधुरासम्म सडक खोलेको प्रसंग समेटिएको छ । हाँस्य कलाकार जोडीले छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर, नेपालका नेताहरूले कुनै पनि कदम चाल्न नसकेको कुरा देखाउन खोजिएको छ ।

साथै स्वास्थ्यकर्मी–सुरक्षाकर्मीले गरिरहेको कामसँगै उनीहरुको पीडालाई देखाइएको छ भने राहत नपाएका मजदुरको दुःख पनि भिडियोले बोलेको छ । भिडियोमा श्रीमान् र छिमेकीको भूमिकामा सीताराम छन् भने श्रीमतीको भूमिकामा कुञ्जनाले अभिनय गरेकी छन् ।

सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको भिडियोमा सिताराम र कुञ्जना आफैले निर्देशन गरेका छन् । भिडियोमा धुर्मुसको दुई अवतार देखाइएको छ ।

यस्तो छ भिडियो :-

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस