भारतमा अस्ताए सुदुरका वोगटी, वोगटीका भाई भन्छन्, पत्याउनै मुस्किल भाे

डम्मर बम

शनिबार दिउँसो १२ बजे नेपाल र भारतमा रहेका सुदुरका दाजुभाई बीचमा ग्रुपकल हुँदै थियो । भिडियोकलमा पछिल्लो राजनीतिक अवस्था, लकडाउनले नेपाल र भारतमा प्रभावित नेपालीको अवस्थाका वारेमा आ आफ्नो विचार पेश गर्दै थिए । “दाई जिवनको अन्तिम समयसम्म भारतमा रहेका नेपालीको अवस्थावारे चिन्तित थिए, “लकडाउनको समय प्रवासमा रहेका नेपालीहरुले धेरै दुख पाएका छन् । उनिहरुको सहजताका लागि हामीले सम्बन्धित ठाउँमा आफ्नो तर्फबाट पहल गर्दैछौ ।” भाई कर्ण वोगटीले  रुदै सुनाए ।

भिडियो कलमै आफ्नो धारणा राख्ने क्रमममा यूवा समाजसेवी गणेश वोगटीको दुखद निधन भएको हो । वोगटी विगत १२ वर्ष देखि भारतमा समस्यामा परेका नेपालीहरुको सेवामा सक्रिय थिए । वोगटीको निधनले नेपाली काँग्रेसलाई अतुलनिय क्षती पुगेको नेपाली कांग्रेस डोटी काठमाडौँ सम्पर्क समितिले जनाएको छ । त्यसै भारतमा रहेको जनसम्पर्क समिति समेत दःुख व्यक्त गरेको छ ।

स्वः वोगटी नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका पूर्व सहसचिब, नेपाली कांग्रेस क्रियाशील सदस्य तथा सुदुरपश्चिमेली नेपाली समाज तामिलनाडु राज्य समितिका सचिब समेत रहेका थिए ।
अन्य समयको तुलनमा कोरोना महामारीको समयमा गरिएको लकडाउनले भारतमा अलपत्र परेका नेपालीहरुलाई राहत वितरण तथा नेपालमा पठाउने तयारीका वारेमा वोगटी छलफल गर्दै थिए ।

“राजदुतावास समन्वय हुँदैछ, नेपाल सरकारले अनुमति दिने वित्तिकै हामी तयार गरिएको लिस्ट अनुसार यहाँ रहेका नेपालीहरुलाई नेपाल पठाउने छौ ।” दाई भन्दै हुनुहुन्थ्यो, भाई कर्णले भने, “त्यसपछि म खाना थाले अरु जना कुराकानी गर्दै थिए, यतिकैमा दाईको दुखत घटना सुनियो, म छाँगाबाट खसे जस्तै भए, पत्याउन सकि रहेको छैन् ।” स्पष्ट रुपमा आफ्ना विचार राख्ने, प्रवासमा रहेका नेपालीको भलो चिताउने उनिहरुकै सेवामा सक्रिय दाईको यो दुखत घटना भएको भन्दा सपनाबाट अझै बिँझिन सकिएको छैन् । डोटी जिल्ला सायल गाउँपालिका ५ पटकानी स्थायीघर भएका समाजसेवी स्वः बोगटीका ३ छोरा छन् ।

शनिबार दिउँसो निधन भएका वोगटीको आईतबार दाहासंस्कार गरिएको थियो । परिस्थितीका कारण वोगटीको शवलाई नेपाल ल्याउन नसकिएको प्रवासमा रहेका नेपाली दाजुभाईको सहयोगको अन्तिम सस्कार त्यही गरिएको भाई कर्णले बताए ।
पूर्व मन्त्री बलाएरको समवेदना
नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री विरबहादुर बलायरले गणेश वोगटीको निधनले आफु स्तब्ध भएको बताएका छन् ।

न्यूज दैनिकसँगको कुराकानीमा नेता बलायरले वोगटीसँग पारिवारिक सम्बन्ध रहेको र यस घटनाले आफुलाई क्षतविक्षत बनाएको बताए । “हामीले एक होनहार समाजसेवी यूवा गुमाएका छौ, नेता बलायरले भने यस दुखद् घडीमा मृतकको आत्माको चिरशान्तिको कामना र घोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

डोटीलाई अपुरणिय क्षति
नेपाली काँग्रेसका डोटीका नेता धर्मराज जोशीले सामाजसेवी गणेश वोगटीको निधनले नेपाली काँग्रेस डोटीले मात्र नभएर सम्पूर्ण सुदुरपश्चिमले ठूलो क्षति व्यहोरेको बताए । अत्यन्तै समाजसेवी भावनाका वोगटीमा आफ्नो ठाउँको लागि केही गर्नुपर्छ, भन्ने भावना थियो ।

प्रवासमा रहेका नेपालीहरुको लागि सधै सहयोग गर्दै आएका वोगटीले पछिल्लो समय कोरोनाबाट प्रभावित नेपालीहरुका लागि राहत तथा आर्थिक कार्यक्रम वारेमा हामीसँग पनि छलफल गर्नु भएको थियो । हामीले उहाँको विचारलाई जिवन्तता दिनका लागि डोटीका सम्पूर्ण दाजुभाईहरुले संघ संस्था मार्फत १३ औं दिनको पुण्यतिथिमा केही घोषणा गर्ने सोचेको नेता जोशीले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस