दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको उपविजेता बनेका छन् । आज बिहान भएको फाइनल राउण्डमा भोटिङका आधारमा नेपाली गायक पोखरेल उपविजेता घोषित भएका हुन् ।दिवेश

लाई पन्छाउँदै जस्ट साम १८ औं संस्करणको अमेरिकन आइडल बनिन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

दुई नेपाली एल्बम निकालेका दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए । ‘आर्थन गन’ उनको स्टेज नेम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस