कोरोना : अमेरिकामा मृत्यु हुनेको सख्या ९० हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ९० हजार १ सय १३  जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय १८ जनाको मृत्यु भएको छ भने २३ हजार ४ सय ८ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या समेत १५ लाख ७ हजार ७ सय ९८ पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म ३ लाख ५८ हजार ९९ जना संक्रमित भएका छन् भने २८ हजार १ सय ३४  जनाको मृत्यु भएको छ।

त्यसैगरि न्युजर्सी राज्यमा १ लाख  ४६ हजार  ३ सय ८९ जना संक्रमित छन् भने १०  हजार २ सय ६० जनाको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस