mainnews

टोखा नगरपालिका -९ सिल,स्वाब संकलन गर्न स्वास्थ्य मन्त्रालयको टोली जाँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट  मृत्यु भएकी  सिन्धुपाल्चोक निवासी २९ बर्षिय महिला सुत्केरी हुनुअघि बस्दै आएको काठमाडौको  टोखा नगरपालिका वडा नम्बर -९ लाई सिल गरिएको छ।

मृतक महिला बस्दै आएको घरका मानिस र महिलाका मामालीको स्वाब संकलनका लागि स्वास्थ्य मन्त्रालयको टाली जान लागेको बताइएको छ ।

मृतक महिला बैशाख २३ गते त्रि.वि. शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते डेलिभरी भई वैशाख २५ गते अस्पतालबाट डिस्चार्ज भएकी थिईन।

उनी डिस्चार्ज पछि घर गएपश्चात निजलाई स्वास प्रस्वास सम्बन्धि समस्या र ज्वरो देखिएपछि उपचारको लागी स्थानिय अस्पतालमा उपचार गराई थप उपचारको लागी धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले   मृतक महिलालाई कोरोना भाइरसको संक्रमणबाट  मृत्यु भएको पुष्टी हिजो गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस