विज्ञ भन्छन् : ट्रेसिङलाई प्रभावकारी बनाउदै लाखौको परिक्षण गरौ

काठमाडौं। मंगलवार एकैदिन ८३ जनालाई कोरोना संक्रमण देखिएपछि केहि सामान्य हुन खोजिरहेको जिवन फेरि सन्त्रासमा रुमल्लिएको छ । स्वास्थकर्मी र पत्रकारलाई समेत संक्रमण देखिएपछि अझ सचेत हुनुपर्ने अवस्था आएको छ । अहिले दैनिकरुपमा संक्रमित बढिरहेका छन । भारतमा दैनिक सयौ मानिसहरुको निधन भइरहेको र ३ हजारबढि संक्रमित भइरहेको अवस्थामा तयारी नपुगे नेपालको स्थिती नियन्त्रण वाहिर जानसक्ने भन्दै सरकारलाई सचेत गराएका छन ।

गत शनिवार आयोजना भएको डिजिटल संवादमा सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा परिक्षण एकदमै कम भइरहेको र यहि अवस्थामा रहे नेपालमा कोरोना संक्रमण थाहै नपाई व्यापक रुपमा फैलनसक्ने कुरामा सचेत गराए । पछिल्लो समय भारतबाट नेपाल छिरेका सबै नागरिकको व्यापक रुपमा परिक्षण गर्नुपर्ने, दुरदराजमा रहेका नागरिकलाई समेत परिक्षणको दायरामा ल्याउनुपर्ने डा. सुवेदीले बताए ।

उनले भने पहुच भएका र क्वारेन्टाइनमा भएकालाई मात्र हैन, भारतबाट नेपाल छिरेका अधिकांश व्यत्ति र उनिहरुको ट्रेसिङ गरी सबैलाई परिक्षणको दायरामा ल्याउनु पर्दछ ।
यसैगरी त्रिवि शिक्षण अस्पताल इमर्जेन्सी विभागका डा. रमेश महर्जनले अहिले ट्रेसिङको काम सुस्त गतिमा भएको र यसलाई तुरुन्त बढाउनुपर्ने बताए । सजिलै एकबाट दर्जनौमा सर्ने भएकोले हामी व्यत्तिगतरुपमा पनि सचेत हुनुपर्ने डा. महर्जनको भनाई छ ।

सर्वसाधारणको लागि सर्भिलेन्स र ट्रेसिङ एपहरुको प्रयोग बढाउनुपर्नेमा महर्जनले जोड दिए । डा. उदय कोइरालाले अहिले सबै मिलेर, सहकार्य गरेर कोरोनालाई लकडाउन गर्नुपर्ने बताए । कोरोनालाई लकडाउन गर्नसकेमा मात्र हामीले देशलाई धेरै समय लकडाउन गर्नुनपर्ने उनको भनाई थियो । लकडाउन खोल्नेबारे हचुवाको भरमा निर्णय गर्नु नहुने भन्दै डा. कोइरालाले परिक्षण बढाउदै देशभर स्वास्थ क्षेत्रलाई अपग्रेड गर्नुपर्ने बताए ।
अहिलेसम्म देशमा २२ हजारको हाराहारीमा पिसिआर मार्फत परिक्षण गरिएको छ । आरडिटी टेस्ट गरिएको संख्या ६० हजार बढि रहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । लकडाउनसँगै नेपाल भित्रिएका व्यत्तिहरु नै ४० हजार बढि रहको अनुमान गरिएको छ ।

भित्रिएका व्यत्तिहरुको पुर्ण विवरण र डिजिटल डेटा तयार गरिएको छैन । पछिल्लो समय पनि भारतबाट लुकिछिपी नेपाल भित्रने व्यत्तिहरु बढिरहेको अवस्था छ । काठमांडौमा लकडाउन खुकुलो भएको केहि दिनमा नै तीन व्यत्तिहरु संक्रमित भेटिएपछि सरकारले परिक्षण बढाउने बताएको छ ।
यस हप्ता चीन सरकारले उपलब्ध गराएको ४० हजार पिसिआर किट, स्विस सरकारले उपलब्ध गराएको किट उपलब्ध भएको कारण परिक्षण बढ्ने आशा गरिएको छ । सरकारले खरिद गर्ने भनिएको स्वास्थ सामग्री ल्याउने तयारी भइरेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

अहिले परिक्षण गर्न किट प्रशस्त रुपमा रहेको बुधवार मन्त्रालयले जारी गरेको प्रेस कन्फ्रेन्समा जानकारी पनि दिएको छ ।
लकडाउनको परिस्थितीले अब स्वास्थ क्षेत्रलाई सुधार गर्नुपर्ने सरोकारवालाहरुको जोड छ । हरेक जिल्ला र क्षेत्रमा प्रभावकारी मोनिटरिङ र डिजिटल डेटा म्यानेजमेन्टमा काम गर्नुपर्ने धेरैको बुझाइ छ । अहिले स्थानिय निकायले प्रभावकारी काम गर्नसक्ने भन्दै स्थानिय निकायलाई मनोवल बढाउदै, क्वारेन्इिनको व्यवस्था गर्ने, ट्रेसिङ गर्ने र शंकास्पद सबैलाई प्रशिक्षणको दायरमा ल्याउनुपर्ने कर्णाली प्रदेशका जनस्वास्थकर्मी रामहरी अधिकारीले बताए ।

डा. सुवास प्याकुरेलले प्रविधिलाइ उच्च प्राथमिकतामा राखेर स्थानिय निकायलाइ परिचालन गर्नसके ट्रेसिङ सजिलो र प्रभावकारी हुने बताए ।
अहिले नेपालमा सरकारले केहि दिनअघि सार्वजनिक गरेको कोभिड एनपी ट्रेसिङ एप प्रयोगमा रहेको छ । यो एप प्रयोग गरेर स्वपरिक्षण गर्ने २ सयको हाराहारीमा रहेका छन । यसले ब्लुटुथ मार्फत संक्रमितको ट्रेसिङ गर्न पनि सहयोग गर्नेछ । यसैगरी स्वास्थ मन्त्रालयले हाम्रो स्वास्थ नामक एप्लिकेशन र कल सेन्टर सञ्चालन गरिररहेको छ । हाम्रो स्वास्थमा अहिलेसम्म ३५ हजार ७ सयले फारम भर्दै स्वपरिक्षणमा सहभाभी भएका छन ।

काठमाडौं महानगरपालिका र अन्य काठमांर्डौ क्षेत्रका स्थानिय निकायले एनरेल लगायतको सहकार्यमा तयार भएको कोभिड सर्भिलेन्स एपको प्रयोग गरिरहेका छन । यसैगरी भरतपुर, बिरगञ्ज लगायतका केहि स्थानिय निकायले स्मार्टपालिकाले विकास गरेको क्वारेन्टाइन ट्रेसिङ एप प्रयोग गरिरहेका छन । त्यसैगरी प्रदेश ५ ले डिजिटल डेटा म्यानेजमेन्ट, नेपाल ट्रेस नामक ट्रेसिङ एपको पनि प्रयोग गरिरहेको छ ।

यि विभिन्न एपहरुमा शंकास्पद विरामीको विवरण लिएर परिक्षणको दायरमा ल्याउने काम भइरहेको सम्वन्धित निकायले जानकारी दिएका छन । विभिन्न निकाय र सस्थाले सञ्चालन गरेका यस्ता दर्जनौ स्वपरिक्षण र ट्रेसिङ एपलाई एकिकृतरुपमा डेटा एनालाइसिस र म्यानेजमेन्टमा ध्यान दिदै प्रभावकारी बनाउन आवश्यक छ ।

लकडाउनको अवस्थामा स्वास्थ क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्दर्भमा भएको डिजिटल सवादमा एक दर्जनबढि स्वास्थ क्षेत्रका विज्ञ, सरोकारवालाहरुले आफ्नो बिचार राखेका थिए । कार्यक्रममा पुर्वमन्त्री गणेश शाहले लकडाउन भएको ५० दिन बितिसक्दा पनि संक्रमण नियन्त्रण नभएको औल्याउदै यसबाट सबैजना सचेत भइ काम गर्नुपर्ने बताए ।

स्वास्थ नै पहिलो प्राथमिकतामा राखेर सरकार र स्थानिय निकायले सबैको समन्वयमा प्रभावकारी ढंगले काम गरे देशमा कोरोना नियन्त्रण हुदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा ८० बढि सरोकारवाला तथा स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस