कोरोना अपडेट : १६ लाख संक्रमित उपचारपछि निको भए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १६ लाख ५ट हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार १६ लाख ५६ हजार ८ सय २ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर २ लाख ९८ हजार ६१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४४ लाख २७ हजार ५ सय भन्दा धेरै छ ।

बढी प्रभावित १५ देशको अपडेट
अमेरिकामा १४ लाख २९ हजार ६७० कुल संक्रमित भएका छन् भने ८५ हजार १७० जनाको मृत्यु भएको छ । यसैबीच ३ लाख ८ हजार १६५ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख २९ हजार ७०५ कुल संक्रमित भएका छन् भने ३३ हजार १८६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २२ हजार १०४ कुल संक्रमित भएका छन् भने ३१ हजार १०६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख १२ हजार ५४१ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ७१ हजार ९५ कुल संक्रमित भएका छन् भने २७ हजार १०४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ८३ हजार २२७ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ७८ हजार ६० कुल संक्रमित भएका छन् भने २७ हजार ७४ जनाको मृत्यु भएको छ । यसैबीच ५८ हजार ६७३ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख ८९ हजार १५७ जना संक्रमित भएका छन् भने १३ हजार १५८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ७८ हजार ४२४ जना ठिक भएका छन् । बेल्जियममा ५३ हजार ९८१ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ८४३ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ९३७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७४ हजार ९८ कुल संक्रमित भएका छन् भने ७ हजार ८६१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४८ हजार ७०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख १२ हजार ७२५ कुल संक्रमित भएका छन् भने ६ हजार ७८३ जनाको मृत्यु भएको छ । यसैबीच ८९ हजार ४२८ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४३ हजार २११ जना संक्रमित भएका छन् भने ५ हजार ५६२ जनाको मृत्यु भएको छ । क्यानाडामा ७२ हजार २७८ जना संक्रमित भएका छन् भने ५ हजार ३०२ जनाको मृत्यु भएको छ । त्यस्तै ३५ हजार १६४ जना ठिक भएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ९२६ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार १८९ निको भएर फर्किएका छन् । टर्कीमा एक लाख ४३ हजार ११४ जना संक्रमित भएका छन् भने ३ हजार ९५२ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख एक हजार ७१५ जना निको भएर फर्किएका छन् ।

मेक्सिकोमा ३८ हजार ३२४ जना संक्रमित भएका छन् भने ३ हजार ९२६ जनाको मृत्यु भएको छ । स्विडेनमा २७ हजार ९०९ जना संक्रमित भएका छन् भने ३ हजार ४६० जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज मित्रले व्यर्थको विवाद र कुरा काट्नसक्छन् । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस