सिरहामा घाँटी रेटिएका अवस्थामा शव फेला

लहान । घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उनले बताए । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस