आज विश्‍व नर्सिङ दिवस, यसरी मनाईदैछ

काठमाडौं । आज १२ मे अर्थात विश्‍व नर्सिङ दिवस । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आव्हानमा हरेक वर्षको यसै दिन विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइन्छ । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारण भिन्‍न परिस्थितिबीच यस वर्षको नर्सिङ दिवसको महत्व अझ बढी छ ।

विश्‍वका विभिन्न ठाउँमा नर्स तथा चिकित्सकको सम्मान र मनोबल उच्‍च बनाउन सरकार एवं नागरिक स्तरबाट विभिन्‍न गतिविधि पनि भइरहेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमले यस वर्ष नर्स दिवसमा औपचारिक कार्यक्रम भने भएनन् ।

फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसरमा यो दिवस मनाउने गरिएको हो । नेपालमा विसं‍. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस