कोरोना कहर :अमेरिकामा मृत्यु हुनेको सख्या ८० हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म ८० हजार ४० जनाको मृत्यु भएको छ ।तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय २२ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय २४ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या समेत १३ लाख ४७ हजार ३ सय  ९ पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म ३ लाख ४३ हजार ४ सय ९ जना संक्रमित भएका छन् भने २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ। त्यसैगरि न्युजर्सी राज्यमा १ लाख ३८ हजार ५ सय ७९ जना संक्रमित छन् भने ९ हजार १ सय १८ जनाको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस