एनएमबी बैंकद्वारा राहत वितरण

काठमाडौं । एनएमबी बैंकको बुटवल पुष्पलाल पार्क शाखाले मानव सेवा आश्रम बुटवललाई राहत प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरिरहेका बेला खाद्यान्न जोहो गर्न धौधौ भएकाले आश्रमका १ सय ४० जना सयोगापेक्षी व्यक्तिको दैनिक छाक टार्न राहत वितरण गरेको हो ।

एनएमबी बैंक बुटवल पुष्पलाल पार्कका शाखाका  प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश- ५ का संयोजक रुपा केसीलाई उक्त खाद्य सामग्री सहितको राहत प्रदान गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व र मानवीय कार्य अन्तर्गत करिब ३५ हजार रकम बराबरको राहत उपलब्ध गराएको  थियो ।

यस अघि  एनएमबी बैंकले १ करोड ५१ लाख रुपैयाँको  रकम सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा  सहयोग गरिसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई …

प्रतिकृया दिनुहॊस