प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनीद्वारा मानसिक रोगीलाई सहयोग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१औँ वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गरेकी छिन् ।

गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत आज हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी हुन् ।

केही समय पहिले एक साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा कुनै दिन समय मिलाएर सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता गरेर जानुभएकी गायिका दाहालले हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर पठाउनुभएको सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको पत्रकार मिश्रले बताए ।

विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीलाई आश्रय प्रदान गरिरहनुभएका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने ट्राउजर, टिसर्ट तथा खाद्यान्नमा दाल, चामल, तेल, नुन, भटमास प्रदान गर्नुभएकोमा गायिका दाहाललाई धन्यवाद दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस