‘लकडाउनको समयमा गीत गाउने रहर पूरा गर्दैछु’

सञ्चिता लुईटेल/नायिका

कोरोना भाइरसका कारण आजकाल सबैको दैनिकी लगभग उस्तै प्रकारको छ । यस्तो अवस्थामा बाहिर निस्कने कुरो भएन । म धेरै वर्षदेखि बिहानै ५ बजे उठ्छु । लकडाउनमा पनि मेरो उठ्ने समयमा परिवर्तन आएको छैन । फ्रेस भईसकेपछि निखिल जी बच्चाहरुसँग मेडिटेसनमा बस्नुहुन्छ । बच्चा जन्मिसकेपछि म भने मेडिटेसनमा बस्न पाएको छैन । घरको काममैं ब्यस्त हुनुपर्छ ।

केहि समय छुट्याएर भगवानको पूजा गर्छु । आजकाल घरमा सहयोगी नभएकाले ब्रेकफाष्ट पनि आफै बनाउँछु । बे्रकफास्ट खाइसकेपछि बच्चाहरुलाई घरको काम गर्न सिकाउँछु । मेरो छोराले चरालाई पानी र खाना दिन्छ । उनीहरुलाई हाम्रो, सभ्यता र संस्कारका बारेमा आफूले जानेका कुराहरु सिकाउँछु ।

लडाउनमा मैले म भित्र लुकेको गीत गाउने चाहनालाई पूरा गर्न पाएको छु । लकडाउन भन्दा पहिले कहिलेपनि गुनगुनाउँदैनथें तर अहिले रियाज गरिरहेको छु ।

खानापनि आफै पकाउँछु । मलाई खानाका धेरै परिकार बनाउन भने आउँदैन । सामान्य दाल, भात र तरकारी बनाउँछु । बच्चाहरु बिहान १० बजेदेखि अनलाईन कक्षामा पढ्छन् । उनीहरुसँगै दिनभरजस्तो ब्यस्त हुन्छु । दिउसो १ घण्टाजति फुर्सदको समयमा नयाँ परिकारहरु पकाउन सिक्दैछु । मलाई खासै किचेनको काममा रुची लाग्दैनथ्यो । लकडाउनले विभिन्न प्रकारका परिकारहरु पिज्जा, मिठाई, मम बनाउन सिकेको छु । घरमा आफ्नो हातले पकाएको खानेकुरा बच्चाहरुलाई बनाएर खुवाउन पाउँदा एकदमै खुसी लागेको छ ।

बिहान उठेदेखि दिनभरी परिवार बच्चाको लागि समय दिनुपर्छ । तर बेलुकी ४ बजेदेखि भने केहि समय आफ्नो लागि पनि दिन पाएको छु । साँझपख मेडिटेसन गर्छु । त्यसपछि चलचित्र हेर्छु । आफूले अभिनय गरेका र अन्य नेपाली चलचित्र पनि हेर्ने गरेको छु । अध्ययनमा धेरै रुची लाग्थ्यो तर आजकाल खासै समय दिएको छैन । लकडाउनमा धेरै साथीहरुले पुस्तक अध्ययन गरेको भनिरहनुभएको छ तर दिनभरी बच्चाहरुसँगै समय विताउनुपर्ने भएकाले त्यो काम थाती नै छ ।

तथापि केहि पुस्तक भने पढ्न भ्याएकी छु । रामायणमा रावणको बारेमा जान्ने धेरै ईच्छा थियो । अहिले त्यो पूरा भएको छ । रावण शिवभक्त, ठूलो बिद्दान भन्ने सुन्दै आएको थिएँ । वास्तवमा रावण कोहो ? उसको क्षमता के हो ? भनेर पुस्तकमा पढ्दैछु । कतिपय नकारात्मक कुराहरुसँग पनि सकारात्मक पक्षहरु जोडिएका हुन्छन् । त्यसको उदाहरणकारुपमा रावणलाई लिन सकिन्छ ।

निखिल जी, म र बच्चाहरुसँगै बसेर दिनभरीको समीक्षा गर्छौ । अहिलेको समयलाई अतिनै रमाइलोसँग विताईरहेकी छु ।

बेलुकाको समयमा परिवारका सबैजना घरमैं फुटबल खेल्छौं । सडकमा कुकुरलाई खाना दिन्छौं । मलाई भिडियो गेममा खासै रुची थिएन । मेरो छोराले मज्जाले भिडियो गेम खेल्छ । उ सँगसँगै बसेर मैले पनि खेल्ने गरेको छु । यस्ता प्रकारका गेमले दिमागलाई एकत्रित गर्न सहयोग मिल्छ । योसँगै लडाउनमा मैले म भित्र लुकेको गीत गाउने चाहनालाई पूरा गर्न पाएको छु । लकडाउन भन्दा पहिले कहिलेपनि गुनगुनाउँदैनथें तर अहिले रियाज गरिरहेको छु ।

हप्ताको एकदिन आर्ट गर्छु । मेरा फ्यान, साथीभाई र आफन्तहरुका लागि स्केच बनाउँछु । बेलुकी प्रायजसो ७ वजे खाना खाइसकेपछि बच्चाहरुलाई समय दिन्छु । उनीहरुको कुराहरु पनि सुन्न आवश्यक छ । निखिल जी, म र बच्चाहरुसँगै बसेर दिनभरीको समीक्षा गर्छौ । अहिलेको समयलाई अतिनै रमाइलोसँग विताईरहेकी छु ।

समय छ भन्दैमा खाली बस्नुभन्दा केहि सिर्जनात्मक काममा विताउनु म उपयुक्त ठान्छु । लकडाउनको समयमा गीत गाउने रहर पूरा गर्दैछु । म भित्र गाउने रहर रहेछ भन्ने पनि लकडाउनकै कारण थाहा पाएँ । अर्को महत्वपूर्ण कुरो भनेको आफूलाई जे मन छ, त्यसै गरौं । अधुरा रहरहरु पूरा गरौं । तपाईहरु सबैजना सुरक्षित बस्नुहोस् । अत्यावश्यक काम बाहेक घरबाट वाहिर ननिस्किनुहोस् । लकडाउनका बेला आफ्नो परिवारसँगै विभिन्न क्रियाकलापमा संलग्न हुनुहोस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस