कोरोनाबाट विश्वभर २ लाख ७० हजारले ज्यान गुमाए, ३९ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ७० हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ७० हजार ७ सय १ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३९ लाख १५ हजार ९ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १३ लाख ४१ हजार १ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित २ लाख १६ हजार ८३० जना उपचारपछि निको भएका छन् । ९ लाख ९८ हजार ३७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतमा संक्रमणबाट एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ । त्यहाँ २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ । शुक्रबार बिहानको तथ्यांक अनुसार २४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ । संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गएको २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या१ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ । भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस