मिस ईकलेजका विजेताहरु थाइल्याण्ड भ्रमण गरेर नेपाल र्फकिए

सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पन्न गरी नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्केका छन ।

उनीहरुले भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक सामजीक विषयमा बुझ्ने मौका प्रदान गरेका वताउछीन विजेता काजोल , त्यस्तै गरि उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको पनि अवलोकन गराएको थियो भने विभिन्न सहरहरुको अवलोकन साथै मनजोरन्जन पनि लिइ भरपुर रमाइलो गरेको बताउछिन फष्ट रनरअप सोफीया श्रेष्ठ । अस्मी गौतम लाई सवैभन्दा रमाइलो सफारी पार्कमा भएको बताउछिन । उक्त र्पाकमा विभिन्न जंगली जनावर बाघ, भालु, हरिण, जिराफ, उट, गैडा लगयात विभिन्नप्रजातीका चराहरु साथै डल्फीन सोे, चिम्पान्जीको खेलहरु अवलोकन गर्न पाउदै अत्यन्तै खुशी लागेको कुरा व्यक्त गरिन ।

पहिलो चोटी नेपालमानै यसरी सौन्दर्य प्रतियोगीतामा सहभागी भएर विजेताहरुलाई विदेश भ्रमणको अवसर प्रदना गर्ने सिजन मिडियालाई धन्यवाद पनि दिन चाहँनछीन उनी । नेपालमा यस्तो विजेताहरुलाई विदेश भ्रमणको उपहार स्वरुप अवसर प्रदान गरेको पहिलो संस्था हो भन्छन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त । आगामी दिनमा आयोजना गर्ने कार्यक्रम सहभागी भएर विजेता हुनेहरुलाई एसियाका विभिन्न देशहरुको भ्रमणको अवसर प्रदान गर्ने बताउछन वन्त ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस