लकडाउनमा महानायक राजेश हमालको कस्तो छ दिनचर्या ?

काठमाडौं । जारी लकडाउनले धेरै मानिसलाई फुर्सदिला बनाएको छ । धेरैले खाली बस्दा दिक्क लागेको बताइरहेका बेला महानायक राजेश हमाल भने निकै व्यस्त देखिन्छन् ।

कुनै समय मोबाइल पनि नबोक्ने नायक हमाललाई अहिले सामाजिक सञ्जालमा निकै सक्रिय देख्न सकिन्छ । अरु बेला सामाजिक काम र मेला महोत्सवमा व्यस्त रहने हमाल हिजोआज सामाजिक सञ्जाल र दैनिक व्यायममा सक्रिय छन् ।

उनी हरेक दिनजसो सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । कहिले नाचेको भिडियो हालेर अरुलाई मनोरञ्जन दिइरहेका छन् त कहिले सन्देशमुलक भिडियो जारी गर्दै कोरोना संक्रमितलाई सान्त्वना दिइरहेका छन् ।

नायक हमालले आज आफूले व्यायम गर्दै गरेको तस्वीर पोष्ट गरेका छन् । लकडाउनको समय स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायम गर्दै आएका छन् । हेर्नुहोस् तस्वीर…

तस्वीर : राजेश हमालको फेसबुकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस