बद्ध जयन्तीमा प्रधानमन्त्रीको सन्देश- ‘बुद्धको जन्मस्थल लुम्बिनी नै हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्ध दर्शनको उद्गमस्थल पनि भएको बताएका छन् । २५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्री ओलीले लुम्बिनी नै बुद्धको जन्मस्थल भएको दावी गरेका हुन् ।

‘हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौं ।’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, त्यति मात्र होइन, यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।’

ओलीले बुद्ध लुम्बिनीमा जन्मिएको अनेक प्रमाण रहेको बताएका छन् । उनले भनेका छन् ‘पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रम्ही लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको सर्वविदितै छ ।’

‘अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भयो । साथै, नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपाका रुपमा रहेको छ, जहाँ शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहेको छ । एक घन्टाको यात्राबाट ३ वटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने यस्तो संयोग संसारमा कहींकतै पाइदैंन,’ ओलीको सन्देशमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस