दिवेश पुगे अमेरिकन आइडलको उत्कृष्ट १० मा

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको १० उत्कृष्टमा पुगेका छन् । पोखरेल अमेरिकन आइडलको १० उत्कृष्ट पुग्ने पहिलो नेपाली हुन् ।

उत्कृष्‍ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र परेका हुन् । कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ । हिजो पनि दिवेशले दमदार प्रस्तुति दिए ।

‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका दिवेश यसअघि उत्कृष्‍ट २० मा थिए । उत्कृष्‍ट १० मा पुगेको खुशीमा दिवेशले सामाजिक सञ्जाल मार्फत् भोट गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतमा लोकसभा चुनाव : २१ राज्यका १०२ सिटमा धमाधम मतदान

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस …

प्रतिकृया दिनुहॊस