कोरोना अपडेट :मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ९ सय ९१ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ९ सय ९१ जना पुगेको छ भने ३४ लाख ९९ हजार  ३ सय ९८ जना सङ्क्रमित रहेका छन् ।त्यसैगरि, ११ लाख २७ हजार २सय २३  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली,बेलायत र स्पेन छ ।

अमेरिकामा हालसम्म ६७ हजार ४ सय ४८  जनाको, इटालीमा २८ हजार ७ सय १०  जनाको, बेलायतमा २८ हजार १ सय ३१ जनाको र स्पेनमा २५ हजार १०० जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म३ ९ हजार ९ सय  ८० जना कोरोना सङ्क्रमित छन् भने १ हजार३ सय २३  जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । ४३ जना उपचाररत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस