लकडाउनमा साना कृषि व्यवसाय

रोशन जंग महत

काठमाडौं। कोरोना भाइरसको कारणबाट विश्वभरीको आर्थिक गतिविधि ठप्प प्राय भएको छ । सोही कारण नेपाल विगत ५ हप्तादेखि बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेको छ ।  यो बन्दाबन्दीको अवस्थाले नेपालका आर्थिक लगायतका सम्पुर्ण क्षेत्रहरु पूर्णतय प्रभावित भएका छन् । ठुल्ठुला उद्योग, व्यवसाय देखि सामान्य कृषि क्षेत्रसम्मलाई यो बन्दाबन्दीले नराम्ररी असर पुर्याएको छ। कृषि क्षेत्र विशेष गरि सानो लगानीमा भर्खरै शुरु गर्दै गरेका व्यवसायहरु यसको ठुलो मारमा परेका छन् ।

काठमाण्डौको टोखा नगरपालिका-२ मा  करिब १४ लाखको लगानीमा डडेलधुरा स्थायी बसोबास भई हाल काठमाण्डौमा बस्ने कृषक ईश्वरी दत्त भण्डारीले पहिलो पटक व्यावसायीक च्याउ फर्म सञ्चालन गरेका छन् । उनले करिव १ वर्ष आगाडी मात्रै सो व्यवसाय सम्बन्धि तालिम लिई ७ (सात) रोपनी जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गरेका हुन । च्याउ खेती गर्ने अन्य कृषकहरुहरुवाट प्रभावित भई उनले पनि यसै क्षेत्रमा लगानी गरे । उनले च्याउ बाहेक फर्ममा आलु, मुला, खुर्सानी, सिमी लगायतका  मौसमी तरकारी खेति समेत सँगसँगै गर्दै आएका छन् । अहिले उनी सहित परिवारका अन्य सदस्यहरु मिलेर सो व्यवसायमा संचालन गरिहेका छन्  ।

यसरी सञ्चालनमा रहेको च्याउ खेतीवाट उत्पादन सुरू भई बजार पाउदै गर्दा भने अहिले उनी बन्दाबन्दीको चरम मारमा परेका छन् । आफुले लगानी गरेको रकम मध्ये अहिलेसम्म केही प्रतिशत  मात्र आम्दानी भएको उनले बताए। उत्पादन सुरु भई आम्दानी हुने बेलामा बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले उत्पन्न हुन सक्ने बिषम परिस्थितिबाट जोगिन नेपाल सरकारले  आव्हान गरेको लकडाउनले उनको व्यावसायलाई धरासायी बनाएको छ ।

हामी टोखा स्थित उनको च्याउ फर्ममा पुग्दा च्याउहरु टिप्नको लागि तयार भईसकेका थिए। तर बन्दाबन्दीको कारण बजार निश्चित समयको लागि मात्रै खुल्ने र गाडीको समेत निरन्तर आगमन नहुँदा भने टिप्न तयार भएका च्याउहरु समेत यसै रहेका थिए  ।

टिप्न बेला भएका च्याउलाई समयमा टिप्न सकिएन भने सो च्याउ फक्रिने ( छिप्पिने) र बजारमा पठाउनको लागि अनुपयुक्त हुने कुरा उनले हामीलाई बताए । अहिले कृषि कार्यको लागि सवारी साधनको प्रयोगमा कुनै रोकटोक छैन तपाईको उत्पादनलाई बजार पठाउन सक्नु हुन्छ नि भन्ने हाम्रो आग्रहमा उनले सवारी साधन खुला रहेर मात्र नहुने बजार पनि खुला हुनु पर्ने कुरा बताए।

हुन पनि हो  बजार खुला नभएसम्म च्याउको बिक्री हुदैन ।  च्याउ बिक्री नभए के गर्नु हुन्छ नि.. ? फेरी हामीले सोध्यौ …. । उनले बिक्री नभएको च्याउको सुकुटी बनाएर राख्ने गरेको तर यसरी सुकुटी बनाएर राख्दा खासै फाईदा नहुने बताए । यसपालि लगानी पनि नउठ्ने भनि उनी दिक्क मानिरहेका थिए । ईश्वरी दत्त भण्डारी लकडाउनले समस्यामा परेका कृषि ब्यावसायीहरुका एउटा प्रतिनिधि पात्र मात्र हुन जो आफुले गरेको लगानी खेर जाने पिरले पिरोलिएका छन् ।

देशभर यस्ता थुप्रै कृषकहरू ईश्वरी दत्त भण्डारी जस्तै लगानी तथा मेहिनत खेर जाने डरले पिरोलिएका छन् ।

विदेशमा गएर श्रम गर्नु भन्दा नेपालमा नै लगानी गर्न उचित ठान्ने ईश्वरी दत्त भण्डारी जस्ता कृषि ब्यावसायीहरुले व्यहोर्नु परेको नोक्सानलाई समयमनै संबोधन गरि बिकल्प नखोजिएको खण्डमा कृषि व्यवसायनै धरासयी हुने र कृषकहरुको जिविकोपार्जन समेत जटिल बन्न पुग्छ ।

जुन देशको अर्थतन्त्रको लागि हितकर हुदैन । कोरोना भाइरसबाट बच्नलाई तत्काल लकडाउन भन्दा अर्को उचित बिकल्प नभएको अवस्थामा यसको निरन्तरतामा प्रश्न उठाउन सकिन्न तर देशका कृषकहरुको समस्यालाई उचित राहत र बिकल्प मार्फत तत्काल संबोधन गर्नु पर्ने देखिन्छ ।

 

 

 

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस