क्वारेन्टाइनमा रहेका विधार्थीहरुलाई पुस्तक वितरण

डोटी । ‘हामी निरन्तर अभियानमा छौ’, अभियानका अभियन्ताहरुले डोटी जिल्लाको केआइसिंह नगरपालिका र पूर्वीचौकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका विधार्थीहरुलाई पुस्तक वितरण गरेको छ ।

संघिय राजधानी काठमाडौं र प्रदेश राजधानी धनगढीबाट जिल्ला गएका विधार्थीहरुलाई तहाँको स्थानीय निकायको पहलमा विद्यालयको क्वारेन्टाइन राखिएको छ ।के आई सिंह नगरपालिकाको झिमे माध्यामिक विद्यालयमा रहेका ३० जना र पुर्बीचैकी गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालयमा रहेका ३५ जनालाई सामान्यज्ञान लगायतका पुस्तक वितरण गरिएको अभियन्ता तथा नेविसंघ डोटीका नेता दिपेन्द्र सिंहले बताए ।

“नेटको पहुँच भन्दा वाहिर रहेका र क्वारेन्टाइनको समय उपयोगी होस्” भन्ने हेतुले पुस्तक वितरण गरिएको नेता सिंहले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस