अम्बे स्टीलस्द्वारा कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि २५ लाख हस्तान्तरण

काठमाडौं । कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टीलस् प्रा.लि.ले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ ।

अम्बे स्टीलस्का अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर ग्राहकहरुको विश्वास जित्न सफल अम्बे स्टीलस्लेयस योगदान मार्फत् आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।

आफ्नो स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको अम्बे स्टीलस्ले आगामी दिनहरुमा पनि भरपुर सहयोग गर्ने कुरा बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस