लकडाउनको मारमा साना कृषि व्यवसायीहरु ( लकडाउन डायरी)

काठमाडौं। काठमाडौंको टोखा नगरपालिकामा पर्ने टोखा चण्डेश्वरीमा विगत १ वर्षदेखि करिब १०-१२ लाखको लगानीमा कालिकोटबाट आएका बराल दम्पतिले तरकारी खेति गर्दै आएका छन्।

विदेशमा गएर दुख गर्नुको सट्टा नेपालमा नै रहेर केही गरौ भन्ने मानसिकतका साथ यी दम्पतिले कृषि फर्म संचालन गरेका थिए।

मौसम अनुसारको तरकारी खेती तथा गाई पालनले राम्रै आम्दानी हुदै आएको थियो। वराल दम्पतिलाई फर्मबाट हुने कमाइले घरपरिवार चलाउन सहज भईरहेको थियो तर चैत्र महिनादेखि भएको लकडानले विभिन्न क्षेत्रमा पारेको असरवाट बराल दम्पति समेत अछुतो रहन सकेन्न्।

कृषक लक्ष्मी बराल

यातायको साधन समेत बन्द हुँदा बजारमा बेच्नका लागि तयार भएका बन्दाकोपी, काउली लगायतका तरकारी ढुवानी हुन नसेकको तथा दुधले बजार नपाउँदा भने अहिले उनीहरु चिन्तित छन्। बजार तथा यातायात बन्द हुँदा तरकारीहरु गाईलाई खुवाउन वाध्य भएको  लक्ष्मी बरालले बताईन।

लकडाउन अगावै श्रीमान गाउँ गएको र सवारी साधन नचल्दा उनि अहिले काठमाडौं फर्कन सकिरहेका छैनन्। श्रीमती  लक्ष्मीले भने अहिले नजिकका छिमेकीहरुलाई आफ्नो उत्पादन बेचेर गुजारा गरिरहेकी छिन्।

यसरी नेपालमा नै केही गरौ भन्ने मानसिकता भएका र गर्न ईच्छुक भई आफ्नै लगानीमा कृषि फर्म संचालन गरिरहेका यस्ता कृषकहरुलाई कहिले मौसमले साथ दिदैन, कहिले प्रकृतिक प्रकोपले त कहिले यस्तै महामारीले।

►प्रस्तुति :  रश्मी महत 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस