प्रभु पेले ल्यायो घरबाटै कोरोना बीमा गर्न सकिने सुविधा

काठमाडौं । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गरी घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे  मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे ।

यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् ।

उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् ।

साथै, सम्भावित संक्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस