काेराेनाले रेमिटेन्समा पारेकाे प्रभाव

विश्वभर काेराेनाकाे कहर छ । काेराेना प्रभावित केहि देशले लकडाउन गरेका छन् । नेपालकाे जीडीपीकाे ठुलाे हिस्सा रेमिटेन्स क्षेत्रले अाेगटेकाे छ । जीडीपीको २७ देखि ३० प्रतिशत हिस्सा लिएकाे याे क्षेत्र अहिले मारमा परेकाे छ । काेराेनाका कारण लकडाउनको  याे बिषम अवस्थामा विदेशमा जहाँ नेपालीहरु कार्यरत छन् ती देशमा पनि अवस्था खराब रहेको छ । नेपालीहरु धेरैजसाे काम गर्न गएका मलेसिया, कतार, दुवई, साउदी अरब, बहराईन, कुवेत लगायतका राष्ट्रहरु हुन् ।

नेपालीहरुको उल्लेख्य उपस्थिति रहेका केहि देशमा समेत लकडाउन भएको हुनाले अहिले रेमिटेन्स नेपाल भित्रिने दर एकदमै कम मात्रामा रहेको छ। यस्ताे परिस्थितिमा केहिले  त राेजगारी समेत गुमाइसकेका छन् । लकडाउनकाे अहिलेकाे समयमा पहिलेको तुलनामा रेमिटेन्स भित्रिने क्रम  ७० प्रतिशतले तल झरेको छ ।

यस्ताे विषम अवस्थामा रेमिटेन्ससँग सम्बन्धित कम्पनी तथा संस्थाहरुलाई राहत प्याकेज ल्याउन सके राम्राे हुनेथियाे । लकडाउनले गर्दा रेमिटेन्स कार्यालयहरु बन्द अवस्थामा छन् । बैंकको ब्याज समेत तिर्न सक्ने अवस्था छैन । बाहिरबाट रेमिटेन्स आउन सकेकाे छैन । गएका मध्ये केहि जागीरबाट समेत निकालिएका छन् । अब नयाँ राेजगारीका लागि बैदेशिक राेजगारी जानसक्ने अवस्था नै छैन । अहिले त याे क्षेत्र प्रभावित क्षेत्रमध्ये १/२ न‌वरमैं आउँछ ।

मेराे विचारमा अब संस्थागत रुपमा रेमिटेन्स एशाेसियसन लगायतका संस्थाहरुसँग छलफल गरेर याे क्षेत्रकाे समस्या समाधानका लागि सं‌स्थागत धारणा नै प्रस्तुत गर्दा राम्रो हुन्छ । अन्य क्षेत्रका कम्पनीहरुलाई सरकारले जस्तो किसिमको राहत प्याकेज घोषणा गर्छ त्यसैगरी हाम्रो रेमिटेन्ससँग सम्बन्धित कम्पनीहरुलाई पनि सरकारले सोही अनुसारको राहत प्याकेज घोषणा गरे राम्रो हुने थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस