कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्यो, अमेरिकामा मात्रै ४९ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ९० हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २७ लाख १७ हजारभन्दा बढी पुग्दा ७ लाख ४५ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ७९ हजार ४३० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् ।

इटालीमा विहिबार एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् । स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ । एकैदिन ४४० जनाले ज्यान गुमाएका छन् । अहिले स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ । एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।

फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ । फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् ।

बेल्जियममा ४२ हजार ७९७ कुल सङ्क्रमित भएका छन् भने ६ हजार ४९० जनाको मृत्यु भएको छ । यसैबीच ९ हजार ८ सय निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ५३ हजार १२९ कुल संक्रमित भएका छन् भने ५ हजार ५७५ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३ हाजर ३ सय निको भएर फर्किएका छन् ।

इरानमा ८७ हजार २६ कुल संक्रमित भएका छन् भने ५ हजार ४८१ जनाको मृत्यु भएको छ । यसैबीच ६४ हजार ८४३ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ७९८ कुल संक्रमित भएका छन् भने ४ हजार ६३२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार २०७ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ३५ हजार ७२९ जना संक्रमित भएका छन् भने ४ हजार १७७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४९ हजार ४९२ जना संक्रमित भएका छन् भने ३ हजार ३१३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म २६ हजार ५७३ जना ठिक भएका छन् ।

टर्कीमा एक लाख १ हजार ७९० जना संक्रमित भएका छन् भने २ हजार ४९१ जनाको मृत्यु भएको छ । त्यस्तै १८ हजार ४९१ जना निको भएर फर्किएका छन् । क्यानाडामा ४२ हजार ११० जना संक्रमित भएका छन् भने २ हजार १४७ जनाको मृत्यु भएको छ । त्यस्तै १४ हजार ७६१ जना ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस