भारतमा कोरोना संक्रमितको सख्या २० हजार नाग्यो

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण  तीब्र रुपमा फैलिएको  छ  । आज मात्रै  एकै दिन भारतमा १५ सय ४१  जना नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या  हालसम्म २० हजार ८० जना  पुगेको  छ ।

गएको २४ घण्टामा भारतमा संक्रमितमध्ये ५३  जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ६ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३ हजार  ९ सय ७५  जना  उपचारपछि ठिक भएका छन् भने १५ हजार ४ सय ६०  जना उपचारत छन्।

भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ ।  गत मार्च २५ देखि शुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस