किसानको तरकारी बिक्री भएन

काठमाडौं ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन कारण किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन।

काठमाडौँसँग सीमाना जोडिएको धुनीबेसीको नौबिसे, धार्के लगायतमा लगाइएको तरकारी बिक्रि नहुदाँ किसानहरु चिन्तित बनेका छन्।

धुनीबेसी, थाक्रे लगायतको ठाउँ काठमाडौँको नजिकै दुरीमा हुदाँ पनि बजारसम्म तरकारी पुर्‍याउन नसक्नु र पुर्‍याएका तरकारी पनि बिक्रि नहुँदा तरकारी खेतबारीमै कुहित थालेको छ।

लकडाउनले बजार, सवारीसाधन बन्द रहेका बेला तरकारी संकलन केन्द्रहरु पनि यतिबेला सुनसान छ।

सधैँ किसानले ल्याउने तरकारीले भरिभराउ हुने जिल्लाका ठूला तरकारी संकलन केन्द्रहरू चरौंदी, विशालटार, मलेखु, गजुरी, आदमघाट, धार्के, थाक्रे लगायतका तरकारी संकलन केन्द्र यतिखेर सुनसान छन्।

कम मूल्यमा पनि तरकारी बिक्रि नभएपछि चिन्तित बनेका किसानहरु लकडाउनले भएका अन्य तरकारी पनि बिक्री नभएपछि मारमा परेका छन्।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने धादिङका बेमौसमी तरकारी उत्पादक किसानमा परेको छ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारी लगायतले बजार पाएका छैनन्। यता बजारमा भने महङगो मूल्य तिरेर तरकारी किन्नु परेको उपभोक्ताहरुको गुनासो छ।

बैशाख ३ गतेदेखि १० गतेसम्मका लागि तराईका जिल्ला र काठमाडौँबाट जिल्लामा ढुवानी भइरहेको हरियो तरकारी, फलफूल, खाद्यन्न लगायतका सामानहरु ल्याउन रोक लगाइएको हो।

जिल्लामा रहेका पसल, बैक तथा वितिय संस्था, इन्सुरेन्स कम्पनी, यातयात लगायतका क्षेत्रहरु खोल्न पूर्ण रुपमा रोक लगाइएको छ।

नागरिक न्यूजबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस