कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो, २४ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ६५ हजारको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २४ लाख ६ हजारभन्दा बढी पुग्दा ६ लाख १६  हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा एकैदिन आइतबार १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको हो  ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ ।अ मेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ । कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् ।

इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ । आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ । इटालीमा संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४१० जनाको मृत्यु भएको छ भने ४ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ पुगेको छ । १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ५४ हजार ९७ पुग्दा मृतकको संख्या १९ हजार ७ सय ४४ पुगेको छ । जर्मनीमा १ लाख ४५ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि हुँदा ४ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा संक्रमितको संख्या १ लाख २१ हजार १ सय ७२ पुगेको छ भने मृतकको संख्या १६ हजार ९५ पुगेको छ । बेल्जियममा ३८ लाख ४ हजार ९६ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा ८२ हजार २ सय ११ जना संक्रमित हुँदा ५ हजार १ सय १८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ हजार ६ सय ५४ जना संक्रमित हुँदा २ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । त्यहाँ एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस