तड्पी तड्पी मर तड्पी तड्पी मर (कविता)

►तेज शर्मा , जयमातृभूमि

तड्पी तड्पी मर तड्पी तड्पी मर

आततायी तिमी नै हौ तिमि अराजक।

तिम्रो ममता छैन प्रेम पनि त छैन ।

कति लुट्न सक्छौ कति भ्रष्टाचार गर्छौ मान्छे मारेकोमा गर्व ।

मैले यति मारे त्यति भन्दै गर्बिलो भाषण ताली ठोक्छन् दलाल ।

कोरोनाको कहर छ जनता त्रासमा छ यसै बेला हो लुट्ने अरूबेला चुट्ने जनताको सरकार जनबिरोधी काम गर्छ ।

जनता गुम्सिएका छन् औंला गन्दै दिन गन्दै छन् ।

सरकारको खर्चिलो भार जनता भोकै मर ।

अब जनता त्यसै नबस जाग बिद्रोह गर्न बिद्रोहबाट मुक्ति हुन्छ शान्तिको दिगोपन पाईन्छ ।

त्यसैले म भन्छु तड्पिंदै लरबर गर्दै मर तिम्रो सहज मृत्यु नहोस् र तड्पेर होस् मृत्यु ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस