सिटिजन्स बैंकको तेह्रौँ वार्षिकोत्सव भर्चुृअली सम्पन्न

काठमाडौं । नेपालीहरुलाई वित्तिय सेवा सुविधाप्रदानगर्ने उद्देश्यका साथमिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापनाभएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरिय बैंकिंग सेव ा प्रवाह गर्दै आएको बैंकले यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ ।

विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथमनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरस (COVID-19) को जोखिम र लकडाउनका कारण भर्चुृअली मनाएको छ ।

यस बैंकको आज बसेको ३३२औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्तआदरणीय ग्राहकवर्ग, शेयरधनीमहानुभाव, नियामक निकाय तथा शुभ चिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

यही अवसरमा १३ वर्षको अवधिमाबैंकद्वारा हासिल विभिन्न उपलब्धितथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ ।

यो प्रस्तुति यस बैंककwebsite तथाँFacebook लगायतका सामाजिक सञ्जालमा समेत राखिएको व्यहोरा बैंकले जानकारी गराएको छ।

हरेक त्रैयमासमा यस बैंकले प्रमुखवित्तीयसूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेख रचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले गरेका छन् ।
बैंकले आफनो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा“Citizens Xtra Fixed Deposit”  निक्षेप योजना सार्वजनिक गरेको छ ।

३ महीना देखि १०वर्ष सम्मकोअवधितथारू१लाखकोन्यूनतममौज्दातमा योखाताखोल्न सकिने छ र यसखातामा ८.२५ प्रतिशतव्याजदर उपलब्धहुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् ।

यसनिक्षेप योजनाअन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्नुुहुने गा्रहक महानुभावहरूले मुद्धति खाताबाटआर्जित व्याजमासमेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशतव्याजदर पाउन सक्नेछन् ।

योनिक्षेप योजना बैंककासम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।
भर्चुृअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलल बैंकमा अनवरत १० वर्ष सेवाप्रवाह गरी ‘दीर्घ सेवा सम्मानपदक’बाट सम्मानितहुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाखभन्दा बढीग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।

सूचनाप्रविधिमाआएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमावित्तीय सेवा सुविधाउपभोग गर्न मिल्ने विभिन्नप्रविधिमैत्री योजनाहरु समेत संचालनमाल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमापनिग्राहकको सुविधाकालागिअत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवादिँदै आएको छ ।

कोरोना भाइरस (COVID-19)महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथामोबाइल बैंकिङ्गलगायतकाविद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

यस बैंकको ए.टि.एमकार्ड कुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्थागर्नुका साथै ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रु. ५० लाख सहयोग गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको …

प्रतिकृया दिनुहॊस