नगरबासीलाई स्वास्थ्य सामग्री वितरण

मुगु । मुगुः छाँयानाथरारा नगरपालिकालेनगरक्षेत्रभित्र कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगर भित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

छाँयानाथरारा नगरपालिकाले आफनो नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार सर्वसाधारणलाई कोरोनाको भाईरसको संक्रमण नफैलियोस भन्ने अभिप्रायले प्रति व्यक्ति सरसफाईका सामग्रीहरुसर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रति घरलाई १ सय एम्. एल्., हात सफा राख्ने सेनिटाईजर वितरण गरेको हो ।

आर्थिक वर्ष ०७६।७७ मा छाँयानाथरारा नगरपालिकाले १४ वडामा विनियोजित गरेको कुल बजेटबाटरकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकि रकम नगरपालिकाले व्यहार्ने गरि कुल १ करोड १० लाखको विपत कोष स्थापना गरेको थियो ।

कोेरोना भाईरसको संक्रमण रोकथामकालागि नगर भित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्य तथा सरसफाईका सामग्री सोहि कोषबाट खरिद गरी नगरपालिकाले वितरण गरेको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक शिवहरी रोकायाले बताउनु भयो ।

विहिबार र शुक्रबार संघीय सांसद गोपाल बहादुर बम,नगरप्रमुख हरिजंग शाही र उपप्रमुख सुन्तला रोकायाले नगरका १ देखि १४ वडाहरुमै पुगेर प्रत्येक वडाका अध्यक्षहरुलाई स्थानीय जनताको घरघरमा वितरण गर्न जनसंख्याका आधारमा सर्जिकल मास्क,डिटोल सावुन र घरधुरीको आधारमा हेन्ड सेनिटाईजर हस्तान्तरण गर्नु भएको थियो ।

हस्तान्तरित स्वास्थ्य तथा सरसफाई सामगी्रहरु सबै वडाका वडा अध्यक्षहरु वडाबासीहरुको घरघरमा पुगेर सामान वितरण गरेको र यो कार्यमा बस्तीका अगुवाहरु र वडा सदस्यहरुले सहयोग गरेको वडा नं १२ का अध्यक्ष सुवाशचन्द्र बुढाले बताउनु भयो ।

स्थानीय जनतालाई कम्तीमा ३ महिना खाना पुग्ने अन्नपात घरमा भएकाले भोक भन्दा पनि तत्काल रोगबाट नगरबासीलाई बचाउन सरसफाईका सामगी्रहरु मास्क,सेनिटाईजर र सावुन वितरण गरेको र लकडाउन लम्विएमा पहिचानका आधारमा नगरबासीलाई राहत पनि उपलब्ध गराउने वडा नं २ का वडा अध्यक्ष परेकराज चौलागाईले बताउनु भयो ।

संघीय साँसद गोपालबहादुर बमले विश्वभर फैलिएको कोराना भाईरसको सक्रमण रोकथाम,नियन्त्रण,उपचार तथा राहतका लागिसंघीय सरकारको एक्लै प्रयासले मात्र सम्भव नभएकाले प्रदेश र स्थानीय सरकार समन्वय,साझेदारी र सहकार्यमा संघीय सरकार ७५३ वटै स्थानीय सरकारहरुमार्फत जनताको घरदैलोमा पुगेको बताउनु भयो ।

अधिकांश रोग सहित कोरोना भाईरस पनि हामीले गर्ने सरसफाईको कमीले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले नगरपालिकले स्वास्थ्य तथा सरसफाईलाई पहिलो प्राथमिकतामा राखि जनतालाई स्वास्थ्य सामगी्रहरु वितरण गरेर रोगबाट बच्न सचेत गराएको नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।

हिरालाल श्रेष्ठ

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसँगको भेटपछि स्वदेश फर्किँदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहॊस