काठमाडौं ।रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
यस सहयोगले अहिलेको महामारी रोकथाममा केहि हदसम्म भएपनि मद्दत पुर्याउने आशा गरिएको कम्पनीले बताएको छ ।
प्रतिकृया दिनुहॊस