सिटिजन लाइफद्वारा कोरोना कोषमा ७ लाख ५० हजार सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यालयहरुले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको कम्पनीले जनाएको छ ।

विश्वभर फैलिएको यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तर रुपमा प्रयास गरिरहेको यस समयमा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भएपनि मद्दत पुर्याउने आशा गरिएको कम्पनीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस