एनआईसी एशियाका ग्राहकले अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरुले विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँ छुट पाउने भएका छन् ।

दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा सो मात्राको छुट पाउने भएका हुन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा  ग्राहकको सुरक्षालाई  पहिलो प्राथमिकतामा राखेर विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस्  भनेर  बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

यसका साथै एनआईसी एसिया बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २५ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने  बैकले जनाएको छ

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस