सिटिजन्स बैंक इन्टरनेसनलको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।

बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सनसर्वजनिक गर्नु भएको हो ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस