आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत लाइभ साँगीतिक कार्यक्रम गर्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतवार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

यसपटकको नयाँ वर्ष लामोसमयदेखि कायम लकडाउनको अवधिमा परेको छ ।

नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्र्घन गर्नुहुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस