जलविद्युत् आयोजनाका काम कतै धमाधम, कतै ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट उत्पन्न संकटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् ।

केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ ।

चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसके पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने स्थिति छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने, ‘चालू आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ । लकडाउनको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाटसम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौं । तर एक हजार मेगावाटको लक्ष्य भेट्टाउन भने नसकिने स्थिति उत्पन्न भयो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विद्युत् महसुल ४०५ सम्म घट्यो, मासिक १० युनिट खपत गर्नेले ३० रुपैयाँ मात्र तिर्नुपर्ने

काठमाडौं  । बिजुलीको महसुलमा ४० प्रतिशतसम्म घटाउने निर्णय गर्दै विद्युत् नियमन आयोगले मासिक १० युनिटसम्म …

प्रतिकृया दिनुहॊस