[विचार] बा केहि बोल्नु न !

डम्मर बम ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिलाई व्यवहारमा लागु गर्नुपर्छ भन्ने यो महावाणी तपाईको होइन र बा (प्रधानमन्त्री केपी शर्मा ओली) । बा आज तपाईको वाणीलाई नै खुलेआम लत्याईदै छ । बिच बजारमा चिरहरण हुदैछ । तर्पाइले त भ्रष्टाचारीको अनुहारसम्म पनि हेर्दिन भन्नु पनि भा थियो । कसैलाई छोडिदैन पनि भन्नु भा थियो । तपाईको भाषण अनुसारको शासन हुन्छ, भन्नेमा नेपाली जनता ढुक्क थिए ।

तर किन बा बीच बजारमा तपाईको महावाणी लिलामी हुँदा पनि तपाई चुप लाग्नु भा । तपाईको स्वास्थ्यले साथ नदिइरहेको होकि अल्पमतमा परिन्छ, कि भन्ने चिन्ता हो, कि ? भष्टाचार कतै कतै बजार आएको हल्ला मात्र जस्तो लाग्छ ।

तर्पाइले त भ्रष्टाचारीको अनुहारसम्म पनि हेर्दिन भन्नु पनि भा थियो । कसैलाई छोडिदैन पनि भन्नु भा थियो । तपाईको भाषण अनुसारको शासन हुन्छ, भन्नेमा नेपाली जनता ढुक्क थिए ।

बा तराई आन्दोलनमा “एक दुइ जना मर्दा होस् वा पार्टी नै परिवर्तन गर्ने नेतालाई इन्कित गर्दै तपाईले एउटा रुखबाट एउटा दुइवटा आँप झर्दैमा केही हुदैन ।” यति मात्र कहाँ होर “समुन्द्रबाट एक दुइ लोटा पानी निकाल्दैमा केही नहुँने बताउनु भएको भयो ।” तर आज तपाईकै महाबाणीलाई लत्याउने एक दुइ जना तपाईकै वरपरका वरिष्ठ व्यक्तिलाई हेरफेर गर्दा कहीकतै केही घट्छ र ।

बा नेपाल र नेपालीका लागि त केही बोल्नु न । हेरफेर गर्दामा वा सत्य कुरा छानविन गर्दैमा ठूलै विपत्ति आलाग्छ कि ? विपत्ति आए आवस् बा अहिले विश्व कोरोना भाइरसबाट प्रताडित यस कठिन घडीमा तपाईले देश र जनताका लागि सामाना गर्दै हुनुहुन्छ । एक पटक मानबरुपी भाईरससँग पनि सामाना गर्नु न । तपाइलाई नेपाल र नेपाली जनताको आर्शिवाद लाग्छ ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस घर झगडामा व्यस्त छ । यतीवेला तपाईले देशलाई निकास नदिए कोले दिने बा ? केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार तपाईकै बहुमत छ ।

तपाईको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार बन्यो । तपाई नेतृत्वको सरकारले दुई तिहाइ पनि पायो । यसमा तपाईलाई धन्यवाद छ । यो सब तपाईको क्षमताको प्रतिफल हो । हाल सरकार तपाइकै पार्टीको बहुमत छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस घर झगडामा व्यस्त छ । यतीवेला तपाईले देशलाई निकास नदिए कोले दिने बा ? केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार तपाईकै बहुमत छ । समृद्ध नेपाल सुखी नेपाली तपाईकै सपना होइन र बा । के साच्चै नेपाल समृद्ध र नेपाली सुखी भएका छन् ? केन्द्रदेखि स्थानिय सबै भष्टाचारमा चुर्लुम्म डुबेको छ ।

नेपाली जनताको अवस्था उस्तै छ । नेपाली राजनीतिमा धेरै लामो समय पश्चात हो, दुइ तिहाई सरकार । भएर के ? गर्नु जनताको दैनिकी फेरिएन भने । नेपाल अहिले कोरोनाको डरले शसंकित छ । नेपालमा प्रयाप्त मात्रामा औषधी छ, नत डाक्टरको लागि सुरक्षा कवज ।

नेपाल अहिले कोरोनाको डरले शसंकित छ । नेपालमा प्रयाप्त मात्रामा औषधी छ, नत डाक्टरको लागि सुरक्षा कवज । त्यसमा पनि भ्रष्टाचार भो रे कमसल समाग्री आयो रे, के हो  बा ?

त्यसमा पनि भ्रष्टाचार भो रे कमसल समाग्री आयो रे । के हो ? बा यो आफ्ना जनताका लागि दिनरात नभनी शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुख लागि परेका छन् । विभिन्न जिम्मेवार निकायका व्यक्तिले आर्थिक सहयोग गरी कोरोनासँग लड्दै छन् । हाम्रोमा भने ढिलासुस्ति, भ्रष्टाचार अनि कमसल सामाग्री कस्तो विडम्बना हो, बा तपाईका जनता नै रहेन्न भने तपाईको पद र महावाणी के ? लागि हँ । “नेपाली हामी रहौँला कहाँ नेपाललै नरहे” भन्ने गीतको चरिचार्थ राम्रोसँग बुझ्नु होला ।

बा पछिल्लो समय भष्टाचारका धेरै काण्ड आए सेक्युरिटी प्रेसमा ७० करोडको कमिसन काण्ड सेलाउन नपाउदै कोरोनाभाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीमा देखिएको लापरवाही र भष्टाचारका विषयमा केही बोल्नु भएन । सामाग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरी सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरियो ।

बा पछिल्लो समय भष्टाचारका धेरै काण्ड आए सेक्युरिटी प्रेसमा ७० करोडको कमिसन काण्ड सेलाउन नपाउदै कोरोनाभाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीमा देखिएको लापरवाही र भष्टाचारका विषयमा केही बोल्नु भएन ।

त्यो कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कुरा समेत भयो तर कालोसूचीमा राख्ने कुरा त कहाँ हो कहाँ उल्टै २० करोड भुक्तानी दिने तयारी गरियो । हैन् बा यो के हो ? कारवाही त कहाँ हो कहाँ उल्टै पोत्साहन गर्दा खै ? तपाईको महावाणी । सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने परियोजनाका लागि कमिसनको दायरा बढाएर तीन अर्ब ५० करोड बनाइएको कुरा बाहिर आयो ।

बा यो के ? हुदैछ । कहाँ गए तपाईका दृढ संकल्प अनि भष्टाचारमा शून्य सहनशिलताका कुरा अझै कति सुन्ने बा नागरिकता विधेक, निर्मला पन्तको बलात्कारपछि, हत्या, गुठी विधेयक , क्याम्पसलाई स्वीकृति, कहिले वाइडबडी, कहिले यती, बालुवाटार जग्गा प्रकरण, एनसेल प्रकरण, समाचार डिलिट काण्डै काण्ड हुँदा बा तपाई किन ? चुप । बरु आफ्ना कार्यकर्तालाई विरोध गर्नेका विरुद्ध अरिंगाल भएर जाई लाग्नुस् भन्ने तपाँईको आदेश खुब काम लाग्यो ।

बा तपाईले माहुरी जस्तै मेहनती बन भन्नु भएन, इमान्दारीका साथ काम गर भन्नु भएन । जनताले अराजकता, भष्टाचार, अन्याय, अत्याचार, बलात्कारका विरुद्ध आवाज उठाउँदा तपाई केही वोल्नु भएन ।

बा तपाईले माहुरी जस्तै मेहनती बन भन्नु भएन, इमान्दारीका साथ काम गर भन्नु भएन । जनताले अराजकता, भष्टाचार, अन्याय, अत्याचार, बलात्कारका विरुद्ध आवाज उठाउँदा तपाई केही वोल्नु भएन । बरु प्रतिरक्षागर्न र सत्यको घाँटी निमोठ्न अंरिगाल परिचालन गर्न भो । कोरोनाको सन्त्रासमा दुई साता देखि देशमा लकडाउन छ, जनताहरु आक्रान्त बनेका छन् । तपाईले केही योजना कार्यक्रम ल्याउने आशमा बसेकाका लागि के गर्नु भयो बा ।

तपाई भन्दा बुझ्ने को होला बा एउटा मृगौलाले काम नगर्दा तपाईले मृगौला नै फेर्नु भो । एक पटक आसेपासे र तपाईको नाममा ब्रह्मलुट अनि तपाईको छवि नै धमिल्याउँनेलाई फेरी दिउँ न ।

उल्टै सम्झौता रद्द समेत गरिएको ओम्नी समुहलाई र संलग्न व्यक्तिको पक्ष पोषण गर्नु भयो । के ? नेपाली जनताले त्यही कुराको आश गरेका थिए ? संकटको घडीमा विचल्लिमा रहेका तपाई जनताका लागि तपाई के ? राहतका कार्यक्रम ल्याउनु भयो । खुलेआम रुपमा भष्टाचारको कुरा आउँदा खै ? कारवाहीको दायरामा ल्याउनु भएको । कारवाही नगरे पनि छानविन त गर्नुपर्छ ।

तपाईको सम्बोधनमा केही राम्रा कुरा पक्कै पनि थिए तर बा वाहिर आएका कुरा तपाईको दृढता र महापाणाी अनुरुप चल्नेकी नचल्ने एक पटक हेरौ न है । मृगौला प्रत्यारोपण पश्चात अहिले तपाई आराम गर्दै हुनुहुन्छ । स्वास्थ्य लाभको कामना गर्दछु । तपाई भन्दा बुझ्ने को होला बा एउटा मृगौलाले काम नगर्दा तपाईले मृगौला नै फेर्नु भो । एक पटक आसेपासे र तपाईको नाममा ब्रह्मलुट अनि तपाईको छवि नै धमिल्याउँनेलाई फेरी दिउँ न ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस