एम्बुलेन्सलाई तिर्ने खर्च छैन ? ११३१ मा फोन गर्नुस् निःशुल्क पाइन्छ

काठमाडौं । के तपाई मुटु, मिर्गौला, उच्च रक्ताचापलगायतको बिरामी हुनुहुन्छ ? अनि लकडाउनका कारण एम्बुलेन्स नपाएर अस्पताल पुग्न हैरानी खेपिरहनु परेको छ ? यदि त्यसो हो भने तपाईले ललितपुर महानगरपालिकाको हटलाईन नम्बर ११३१ मा फोन गर्न सक्नु हुन्छ ।

तपाईले पैसा दिंदा समेत एम्बुलेन्स पाइरहनु भएको छैन भने उक्त नम्बरमा फोन लगाउनुस् घरमा निःशुल्क एम्बुलेन्स आइपुग्छ । अनि तपाईलाई कुन अस्पताल पुग्नु पर्ने हो बिना खर्च पुर्‍याई दिन्छ ।

ललितपुर महानगरपालिकालाई नेपाल फुटबल संघ एन्फाले कोरोना संक्रमण र नियन्त्रणका लागि प्रयोग गर्न दिएको दुई वटा एम्बुलेन्समध्ये एउटा अन्य रोगको बिरामीलाई अस्पताल पुर्‍याउन प्रयोग गर्ने निर्णय गरिएकोे महानगरपालिकाले जानकारी दिएको छ ।

सुविधा सम्पन्न ती एम्बुलेन्समध्ये वा २२. च २१०६ कोभिड १९को लक्षण देखिएका बिरामीका लागि र बा.२२. च २१०७ अन्य रोगका बिरामीका लागि व्यवस्था गरिएको महानगरल जनाएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले एउटा एम्बुलेन्स कोरोना भाइरस संक्रमितका लागि ‘स्ट्याण्ड बाइ’ राखेको बताउँदै भने, ‘अन्य रोगका बिरामीलाई अस्पताल पुग्न लकडाउनका कारण समस्या भयो भन्ने जानकारी पायौं, त्यसैले अन्य बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स प्रयोग गर्ने निर्णय गरेका हौं ।’

लडडाउनले गर्दा मधुमेह, उच्च रक्तचाप, डायालासिस गर्नुपर्ने बिरामीले अस्पताल पुग्नु साधन नपाउँदा समस्या भोग्दै आएका छन् । प्रमुख महर्जनले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सहयोग गरेकोमा एन्फालाई धन्यवाद दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा आएपछि एम्बुलेन्स एन्फालाई नै फर्काउने गरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केही दिनअघि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ …

प्रतिकृया दिनुहॊस