कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडरोस अधानोम गेब्रियेससले कोरोना भाइरसमा राजनीति नगर्न आग्रह गरेका छन् । महानिर्देशक गेब्रियेससको यस्तो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व स्वास्थ्य संगठनका बारेमा गरेको टिप्पणीको जवाफमा आएको हो ।

ट्रम्पले बुधबारको मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठन चीन परस्त भएको आरोप लगाउदै अमेरिकाले दिदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका थिए । ट्रम्पले कोरोना रोक्न विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकामा प्रश्न उठाएका थिए ।

त्यसको जवाफमा महानिर्देशक गेब्रियससले भने – ‘ अहिले राजनीतिक दलहरुको ध्यान आफ्ना जनता बचाउनमा केन्द्रित हुनुपर्छ ।’ उनले घुमाउरो पारामा ट्रम्पलाई कोरोनामा राजनीति नगर्न र आफ्ना जनता बचाउन ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जति विवाद हुदै जान्छ त्यति नै भाइरस विजयी हुदै जाने बताए ।

उनले भने, ‘अहिले यति धेरै मानिसले ज्यान गुमाएका छन्, हामीले के गर्दै छौ ?, आफ्नो राजनीतिक महत्वाकांक्षाका लागि कोरोनाको प्रयोग गर्नु आवश्यकता छैन ।’ महानिर्देशक ग्रेबियससले गत जनवरीमा चीनका राष्ट्रपति सी जीङपीङलाई भेटेर कोरोना नियन्त्रणमा चीनले गरेको प्रयासको प्रसंशा गरेका थिए, त्यति बेला नै उनको सो भूमिकाको अमेरिका लगायत कैयौ देशले प्रश्न उठाएका थिए ।

ग्रेबियसस सन २०१७ मा विश्व स्वास्थ्य संगठनको महानिर्देशक बनेका हुन् । उनी यो पदमा पुग्ने पहिलो अफ्रिकी हुन् ।विश्व स्वा स्थ्य संगठनमा दुई किसिमको सहयोग रकम जम्मा हुने गर्दछ । जसमा ८० प्रतिशत स्वस्फुर्त हुने सहयोग हुन्छ भने २० प्रतिशत विभिन्न देशहरुले उनीहरुको आर्थिक अवस्था अनुसार सहयोग गर्ने गर्दछन । जसमा अमेरिकाले सबै भन्दा धेरै २२ प्रतिशत रकम सहयोग गर्ने गरेको छ । ट्रम्पले भनेको पनि सोहि रकम हो ।

त्यस्तै स्वस्फुर्त रुपमा हुने सहयोगमा पनि अमेरिकाले ठुलो रकम विश्व स्वास्थ्य संगठनलाई दिने गर्दछ । यसरी दिने सहयोग पनि १५ प्रतिशत भन्दा बढी हुने विभिन्न रिपोर्टमा बताइएको छ । २०१७ को आँकडा मात्र हेर्ने हो भने अमेरिकाले दुवै किसिमको सहयोग ५१३ मिलियन डलर गरेको छ ।

पछिल्ला बर्षहरुमा चीनको विश्व स्वास्थ्य संगठनलाई गर्ने सहयोगमा व्यापक वृद्धि भएपनि त्यो अमेरिकाको भन्दा निकै कम रहेको छ । २०१९ को एक आँकडा अनुसार चीनले करिब ८६ मिलियन डलर तथा स्वस्फुर्त सहयोग १० मिलियन डलर गरि करिब ९६ मिलियन डलर मात्र सहयोग गर्ने गरेको देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस