अब भरी ग्यासको सिलिण्डर बजार पठाइने

काठमाडौं । नेपाल आयल निगमले बिहीबारबाट भरी सिलिण्डर अर्थात १४. २ केजीको परिमाणमा ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको छ।

उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेकाे गुनासाे गरेपछि आयल निगमले पुरा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको हो।

साथै निगमले यसअघि बजारमा पठाएको आधा सिलिन्डरको ग्यास बिक्रीपछि मात्रै भरी सिलिण्डरको ग्यास बजारमा पठाउन भनेको छ। भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ।

विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको थियो।

यसलाई मध्यनजर गदै नेपाल आयल निगमले चैत १३ गतेबाट बजारमा ७.१ केजीको आधा सिलिण्डर ग्यास पठाउन निर्देशन दिएको थियो। अहिले बजारमा ग्यास सहज भएको उद्यागी व्यवसायीहरू बताउँछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस