नेपाल एम्बुलेन्स सेवा १०२ र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटीबीच सम्झौता

कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ ।

उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितकाे उपस्थितिमा भएको हो ।

सीसीएमसीका संयोजक सचिव  लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष  रञ्जीत आचार्यले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख  नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ ।
यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ ।
साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । …

प्रतिकृया दिनुहॊस