विचार : केन्द्र भर्सेज प्रदेश सरकार

डम्मर बम
कोभिड-१९ को सङ्क्रमण बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १९ संयुक्त राज्य अमेरिका र २० गते अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभयो । सम्बन्धित देशका राजदुतसँगको कुराकानीमा उहाँले नेपालीहरुको अवस्थावारे चासो व्यक्त गर्नुभयो । यो राम्रो पक्ष हो, आफ्ना जनताको अवस्था वारे चिन्ता व्यक्त गर्नु राष्ट्र प्रमुखको जिम्मेवारी हो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईमा रहेका नेपाली कामदारका सन्दर्भमा त्यहाँका युवराजसँग चासो व्यक्त गर्नुभयो ।

डिसेम्बर अन्तिम साता चिनको वुहान प्रान्तमा देखा परेको कोराना भाइरस नेपाल चैत्र १० मा देखा पर्यो । चैत्र ११ गते देखि लगातार नेपालमा लकडाउन गरिएको छ ।

सो कुराको उहाँले आफ्नो ट्वीटर मार्फत जानकारी दिनुभयो । यसमा कार्यकारी प्रमुखको जिम्मेवारी झल्किन्छ । वैदेशिक रोजगारीको शिलसिला होस् वा उच्च शिक्षाका लागि विदेशमा रहेका आफ्ना नागरिकको अवस्था चासो लिने काम प्रशंसनिय नै छ । हामीले हाम्रो राष्ट प्रमुख हामीप्रति कत्तिका जवाफदेही र उत्तरदायी छ, भन्ने कुरा यसरी पनि आंकलन गर्न सक्दछौ । डिसेम्बर अन्तिम साता चिनको वुहान प्रान्तमा देखा परेको कोराना भाइरस नेपाल चैत्र १० मा देखा पर्यो । चैत्र ११ गते देखि लगातार नेपालमा लकडाउन गरिएको छ ।

छिमेकी मुलुक भारतले जनता कफ्र्यू गरेको भोलीपल्ट चैत्र ७ गते नेपाल सरकारले राष्टका नाममा सम्बोधन गर्दै केही महत्वपूर्ण निर्णय गर्यो । चैत्र १० मा एक यूवतीमा देखा परेको कोरोना पोजेटिभ देखिएपछि सरकारले वाध्य भएर लकडाउन घोषणा गर्यो । जुन सान्दर्भिक र स्वागत योग्य कदम हो । कोरोनासँगको लडाइ एउटा सरकारको मात्र नभएर आम नागरिकको साथ रहने भएका कारण सबैले सरकारको निर्णयलाई पालना गरे र गरी रहेका छन् ।

कतिपय कोरोनाको त्रासले आफ्नो देश फर्किन थाले । ति व्यक्तिको चेकजाँचमा पूर्व सावधानी अपनाउनमा सरकार चुकेको छ ।

लकडाउनमात्र समस्याको समाधान होइन् । केही पूर्व तयारी गर्नु सरकारको कर्तव्य हो । छिमेकी मुलुक भारतमा देखा परेको कोरोनाको संक्रमण पश्चात भातीय सरकारले गरेको जनता कफ्र्यूले त्यहाँ विभिन्न पेशमा संलग्न रहेका नेपाली वेरोजगारी भए कतिपय कोरोनाको त्रासले आफ्नो देश फर्किन थाले । ति व्यक्तिको चेकजाँचमा पूर्व सावधानी अपनाउनमा सरकार चुकेको छ । एकैपटक धेरैको संख्यामा नेपाली सिमानाका नेपाल प्रवेशका लागि आएपछि सरकारलाइ हम्मेहम्मे भयो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर लकडाउनअघि सम्म झण्डै डेढ लाख नेपाली नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । तिनीहरुको कोरोनाको चेकजाँचको त कुरै भएन । लकडाउन पश्चात सिमानाकामा थुप्रै नेपालीहरुको सरकारले ज्वरो नापेर नेपालमा प्रवेश गरायो । त्यस मध्ये केही मात्र क्वारेन्टाइनमा बसेका छन् । भने बाँकीको कुनै लेखाजोखा छैन् । यसमा प्रदेश सरकारले लामो समयसम्म कुनै प्रतिक्रिया दियो नत कोरोना जाँचको क्रमलाई तिब्रता दियो । डाक्टर दवाइले होईन दुवाले बचाउन्छ, भन्नेसम्म नैराश्यता समेत दर्शाए ।

लकडाउन पश्चात सिमानाकामा थुप्रै नेपालीहरुको सरकारले ज्वरो नापेर नेपालमा प्रवेश गरायो । त्यस मध्ये केही मात्र क्वारेन्टाइनमा बसेका छन् । भने बाँकीको कुनै लेखाजोखा छैन् ।

तर प्रदेश सरकार कहाँ सुतेको छ, जनताले विरोध गरे । केही दिनपछि संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई कोरोना भाइरस जाँचका लागि प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको १२ दिनपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अहिले नै प्रयोगशाला स्थापना गर्न सकिने अवस्था नरहेको र अर्को आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए पछि उहाँको सामाजिक संज्यालमा खेदो खनियो ।

घर फर्किका नेपालीहरुलाई सिमावर्ती क्षेत्रमा नेपाल प्रवेशका लागि नारावाजी गर्न थाले नेपाल आउने नेपाल सरकारले उनिहरुलाई नेपाल प्रवेशमा रोक नै लगायो । एक राम्रो पक्ष के मानेमा हो, भने भारतवाट आएका नेपालीलाई व्यवस्थित रुपमा चेकजाँच र क्वारेन्टाईनमा राख्ने व्यवस्था सहित नेपाल प्रवेश गराउनु पथ्र्यो । तर सरकारले सिमासम्म आएका नेपाली भारतीय पक्षले व्यवस्था गर्ने निर्णय गर्यो । उनिहरुको अवस्था वारे जानकारी लिन खाज्यो या खोजेन प्रदेश सरकारको विवेक हो ।

सुदुरपश्चिममा रहेका नेपाली नेपाली होइन, भन्ने कि सरकारसँग सामर्थ हुनु पर्यो होइन भने । सावधानी पूर्वक ती नेपालीलाई नेपाल ल्याउन सरकारलाइ किन ? कञ्जुस्याई ।

आफ्ना जनताको स्वास्थ्य सुरक्षाको प्रत्याभुतीको ख्याल गर्नु सरकारको जिम्मेवारी हो । सिमामा नेपालीहरुले राष्ट विहिन र सरकार विहिनताको अवस्था जस्तै गुर्जिनु यो भन्दा अर्को मजाक के हुन्छ । सुदुरपश्चिममा रहेका नेपाली नेपाली होइन, भन्ने कि सरकारसँग सामर्थ हुनु पर्यो होइन भने । सावधानी पूर्वक ती नेपालीलाई नेपाल ल्याउन सरकारलाइ किन ? कञ्जुस्याई । सबै नेपाली राष्ट र सरकार भएको अनुभूति हुनुपर्दछ ।

घर फर्किन नपाउने अवस्था भएपछि नेपालीहरुले ज्यानको प्रवाह नगरी महाकाली हाम फाले वारी नेपाल आए तर नेपाल वा प्रदेश सरकारले गर्नु पर्ने व्यहोर भयो या भएन यो सरकाले बुझ्नु पर्छ । उसो त हवाई मार्गबाट नेपाल आएका थुप्रै नेपाली विदेशीको नेपाल सरकारसँग कुनै हिसाब किताब नै छैन् । को को आए कहाँ कहाँ गए यसमा थुप्रै कमजोरी भएको अवस्था छ । कोरोना नियन्त्रण पहल चाल्न नेपाल सरकार र प्रदेश सरकार चुकेका धेरै ठाउँ नै छन् ।

पछिल्लो समय कैलालीमा स्थानीय एक महिलामा कोरोना पोजेटिभ देखिएपछि सरकारले कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्यो । कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड-१९) र्को यापिड डाइग्नोस्टिक टेष्ट गर्ने बतायो । सुदुरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने र सबै होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । लकडाउन भएको दुइ सातापछि मुख्यमन्त्री भट्टले प्रदेश सरकारको तयारी वारे वाल्नु भएको थियो ।

लामो समयसम्म प्रदेश सरकार चुपचाप लाग्नुलाई हामीले के भन्ने ? के सुपले चाहजस्तो मुख्यमन्त्री पाएको छ ? मुख्यमन्त्रीमा जनताप्रति जवाफदेहीता छ ? लगायतका प्रश्न सुपवासीमा छन् ।

कोरोना संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको तयारी गरिरहको र आवश्यक सामग्री र चिकित्सकको टोली पठाउनुपर्ने कुरा नेपाल सरकारलाइ भनिसकेको अभिव्यक्ति दिनुभयो । यदी लामो समयसम्म प्रदेश सरकार चुपचाप लाग्नुलाई हामीले के भन्ने ? के सुपले चाहजस्तो मुख्यमन्त्री पाएको छ ? मुख्यमन्त्रीमा जनताप्रति जवाफदेहीता छ ? लगायतका प्रश्न सुपवासीमा छन् ।

नेपाल सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी विमानवाट चिनको हुबेई प्रान्तको वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्यायो । विरोध गर्न खोजिएको पक्कैपनि होइन तर तुलना गर्ने गर्दा नेपाल सरकारको भुमिका सबै जनतामा एकैनासको हुनुपर्दछ, भन्ने हो । चिनमा रहेका नेपाली उनिहरुको उद्धारमा सरकारले चालेकको कदम एकदमै सह्यानिय नै छ । सरकारले भारतमा रहेका नेपाली प्रति किन विभेद गरेको हो । यो आम जनमानिसमा उब्जिएको प्रश्न शंकाको घेरा रहेको छ ।

यो अवस्थामा सुपमा हुने कोरोना परीक्षणले सफलता होला सबै कोरोना संक्रमणको शंकाको घेरामा रहेका नागरिकलाई चेकजाँच होला त ? यस तर्फ सरकारले ध्यान दिनु जरुरी छ ।

साच्चै कि सुदुरपश्चिमका जनता रैति नै हुन की भन्ने आभास सुपले गरेको अवस्था छ । यस्तो विभेदीकरण महसुस सुपले कसरी गर्यो त्यसतर्फ सरकारले सोच्नु पर्दछ । भारतमा रहने नेपाली गर्ने व्यहार प्रष्टसँग झल्किएको छ । के ? यो अवस्थामा सुपमा हुने कोरोना परीक्षणले सफलता होला सबै कोरोना संक्रमणको शंकाको घेरामा रहेका नागरिकलाई चेकजाँच होला त ? यस तर्फ सरकारले ध्यान दिनु जरुरी छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको लक्षण ९ जनामा देखिएको १ जना निको हुनुका साथै ८ जना क्वारेन्टाइनमा रहेका छन जसमध्ये सुदुरपश्चिमा मात्र ४ जनामा कोराना भाइरसको लक्षण देखा परेको छ । पछिल्लो समय पश्चिमीनाकाबाट नेपाल आउने धेरै नेपालीहरु रहेका छन । उनिहरुको यथार्थ विवरण सरकारसँग छैन् । यस अवस्थामा कोरोना संक्रमणको सम्भावना भयाभह स्थितीमा समेत हुनसक्दछ । यदी कोही व्यक्तिमा कोराना संक्रमण रहेको अवस्थामा ।

त्यस कारण सरकारले सुपमा जतिसक्दो चाँडो क्वारेन्टाइन र आइसोलेसनको तयारी र प्रयाप्त मात्रामा डाक्टरले प्रयोग गर्ने सुरक्षा कवजको व्यवस्था र साथै आषधीको व्यवस्था गर्न तर्फ लाग्नु पर्दछ । भारतबाट आएका व्यक्तिको पहिचान र उनिहरुले उठबस गरेका मानिसको खोजी संक्रमणलाई रोक्न सरकारले सफलता हासिल गर्न सक्ला तर यसो नगरि यस्ले ठूलो रुप लिन नसक्ला भन्न सकिदैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस