ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखेर सेवाहरु प्रदान गरिरहेका छौ : सिइओ पोखरेल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लकडाउनको बेला पनि सेवाग्राहीहरुलाई निरन्तर सेवा दिइरहेको छ । सेवाग्राहीका सबै गुनासाहरुलाई सम्बोधन गर्दै सेवा दिइरहेको बैंकमा कार्यकारी अधिकृत (सिइओ ) गणेशराज पोखरेलको भनाई छ । यो संकटको बेला ब्याजदर घटाइने समेत उनले बताए ।

खासगरी तत्कालै निक्षेपको ब्याज घटाउन लागेको भन्दै ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सिइओ गणेशराज  पोखरेलसँग न्यूज दैनिकले गरेको कुराकानीको सम्पादित अंशः–

कोरोनाको कारण सरकारले गरेको लकडाउनका बेला सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई कसरी सेवा दिइरहेको छ ?
हामीले सबै प्रकारका  सेवा दिईरहेको छौ, सबै प्रदेशमा हाम्रो शाखाहरु खुलिरहेका छन् तर कहिले कुन शाखा खुल्छ, कहिले कुन । हाम्रो दरबारमार्गको केन्द्रिय कार्यालयको शाखा सधैभरी खुल्छ । क्रेडिटको कामहरु पनि भइरहेको छ । साथीहरु पनि कार्यालय आइरहनु भएको छ र म पनि कार्यालय नियमित गइरहेको छु ।

सरकारको निर्देशन अनुरुप सुरक्षाका उपायहरु अपनाउँदै निरन्तर सेवा दिइरहेका छौं । हाम्रो सेवाप्रति ग्राहकहरुले सन्तुष्टि व्यक्त गरी सकारात्मक प्रतिकृया दिइरहनुभएको छ ।

हाम्रा २०/२५ वटा शाखाहरु दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म खुलिरहेका छन् । नियमित किसिमका कार्यहरु भईरहेका छन् । जस्तै: चेक डिपोजिट, क्यास डिपोजिट,रेमिट्यान्सहरुको कार्यहरु भईरहेका छन् । हाम्रीले ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखेर उचित व्यवस्थाका साथ सेवाहरु प्रदान गरिरहेका छौ ।

सरकारको निर्देशन अनुरुप सुरक्षाका उपायहरु अपनाउँदै निरन्तर सेवा दिइरहेका छौं । हाम्रो सेवाप्रति ग्राहकहरुले सन्तुष्टि व्यक्त गरी सकारात्मक प्रतिकृया दिइरहनुभएको छ ।

यो लकडाउनको समयमा तपाईहरुले ग्राहकहरुको समस्यालाई कसरी सम्बाेधन गरिरहनुभएकाे भएको छ ?

हामीले यस्ता समस्याहरुकाे सम्बोधन गर्नको निमित्त बिशेष समूह बनाएका छौं । जस्तै: विशेष सुरक्षा ग्रुप, suggestion box, डिजिटल प्रविधिको प्रयोगले गर्दा हामीले इमेल, भाइबर, फेसबुकलगायतका माध्यमबाट प्राप्त भएका गुनासोहरुको यथासम्वभ सम्बोधन गर्ने प्रयासहरु गरिरहेका छौं । हालसम्म हामीसँग रहेका ९४ वटा एटीएममा पैसाको अभाव रहन दिएका छैनौं ।

डिजिटल प्रविधिको प्रयोगले गर्दा हामीले इमेल, भाइबर, फेसबुकलगायतका माध्यमबाट प्राप्त भएका गुनासोहरुको यथासम्वभ सम्बोधन गर्ने प्रयासहरु गरिरहेका छौं ।

साथै digital Banking लाई प्रोत्साहन गर्नको लागी यो लकडाउनलाई हामीले अवसरको रुपमा लिई प्रत्येक नागरिकले सो  प्रयोग गर्न समेत सुझाएका छौं । त्यस्तै अहिलेको समयमा कुनै पनि बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क समेत नलाग्ने ब्यबस्था रहेको छ ।

त्यसाेभए लकडाउनले टेक्नोलोजीको अधिकतम् प्रयोग गर्ने माहोल पनि सृजना गरिदिएको छ हैन त ?
यो अवस्थामा आम ग्राहकमा digital Banking को बानी पनि परेको मैले महसुश गरेको छु । QR code  मार्फत साना पसलहरुमा समेत रकम भुक्तानी गर्न समेत सकिने व्यवस्था रहेको छ । यसले digital banking को प्रयोग गरेर cashless  banking को अवधारणालाई समेत सहयोग गरिरहेको छ । नेपालमा banking सेवा प्राप्त गर्नेकाे संङ्ख्या पनि अधिकतम छ ।

आफू पनि बाँच्नु पर्यो, उद्योग धन्दाहरु पनि बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो । याे नै अहिलेकाे पहिलाे प्राथमिकता हाे ।

तर नेपालमा भारतको जस्तो राष्ट्रिय परिचयपत्रकाे ब्यवस्था छैन । हामीले अहिले digital banking लाइ नै जाेड दिने हाे । बैंकले KYC लगायतका issues लाई समेत समाधान गर्दै हाम्रा ग्राहकहरुलाइ घरबाटै डिजिटल प्रविधिको प्रयोगमार्फत बैङ्कको सेवा लिनको लागी अभिप्रेरित समेत गरिरहेका छौ ।

अहिले कोरोनाको समयमा बै‌ंकको निक्षेप ब्याजदर घटाउँदै लैजाने विषयमा सिटिजन्स बैंकको धारणा के रहेको छ ?
हामीले अहिले जटिल समयलाइ मध्यनजर गर्दै ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो, उद्योग धन्दाहरु पनि बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो । याे नै अहिलेकाे पहिलाे प्राथमिकता हाे ।

सिटिजन्स बैंकले मात्रै हाेइन व्यापार व्यवसाय, उद्योग धन्दाहरु धरासायी रहेको कारणले सवै वैंकहरुले ब्याजदर घटाउनेतर्फ विचार गरिरहेकाे अवस्था छ । जसले गर्दा व्यापार व्यवसाय समेत लाभान्वित हुने अपेक्षा राखेका छौ । नेपाल राष्ट्र बैकले समेत ब्याज तिर्ने अवधि खुकुलो पार्दै गएको छ । केहिदिन  भित्रै निक्षेपकाे ब्याजदर १ प्रतिशतजस्ताे घटेर जान्छ ।

नेपाल राष्ट्र बैकले समेत ब्याज तिर्ने अवधि खुकुलो पार्दै गएको छ । केहिदिन  भित्रै निक्षेपकाे ब्याजदर १ प्रतिशतजस्ताे घटेर जान्छ ।

याे प्रतिशत घटेसँगै बेसरेट कम हुन्छ र बेसरेट कम भएसँगै लाेनकाे प्रतिशत पनि कम हुन्छ । जसले लाेन लिनुभएकाहरुलाइ राहत मिल्छ । हामी हाम्रा ग्राहक महानुभावहरुकाे सेवा र सुविधाका लागि तत्पर छाै । उहाँहरुकाे हितकै लागि सिटिजन्स बै‌कले काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस