राहतका नाममा मानव स्वास्थ्यमाथि खेलवाड किन ?

डम्मर बम ।

हालसम्म नेपालमा नौ जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको हो ।

एक जना स्थानीयमा कोरोना भाइसरको पुष्टि भई समेत कैलालीको लम्कीचुहा नगरपालिकाले भने स्थानीयलाई भेला नै गरी राहत वितरण गरिएकोे छ । लम्कीचुहा नगरपालिका र अन्य सामाजिक संघ संस्थाहरु राहतका नाममा मानव स्वास्थ्य माथिनै खेलवाड गरि रहेको अवस्था छ ।सरकारले लकडाउन गरी अत्यावश्यक काम वाहेक कसैलाई वाहिर ननिस्किन निर्देशन जारी भइ सक्दा समेत नगरपालिकामा स्थानीयलाई भेला गरी राहत वितरण गर्नेमा होडवाजी नै चलेको छ । नगरपालिका आफैमा एउटा स्थानीय सरकार हो । र उसले केन्द्र सरकारद्धारा गरीका निर्णयलाई पालना गरी व्यवस्थित तवरले राहत वितरण गर्नुपर्ने हुन्छ ।

तर नगरपालिका भने त्यस्तो गरेको पाइएन । खाद्यान्न सामाग्री खरिद लगायत अन्य अत्यावश्यक कामका लागि वाहिर निस्किदा एक मिटरको दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले बताए पनि न्यूनतम रुपमा त्यसलाई पालना नगर्नु आफैमा कमजोरी हो । नेपाल मात्र नभएर विश्व नै कोरोनाको महामारीमा आक्रांन्त बनेका बेला त्यो महामारीसँग लड्न सबैले सावधानी अपनाउनु पर्ने हुन्छ ।हालसम्म नेपालले कुनै मानविय क्षति व्यहोर्नु परेको अवस्था छैन, यस्तो अप्रिय घटना पनि नहोस । त्यसका लागि हामी आफैले सजगता अपनाउन सक्दछौ । यस्तो विषम परिस्थितीमा मानविय सेवा गर्नु आफै पुण्यको काम तर त्यसलाई व्यवस्थिती गर्न नसक्दा कतै राहत होइन कोरोनालाई लिन हामी जम्मा भए जस्तो हुनेछ । यस तर्फ लम्कीचुहानगरपालिकाले समयमै सजग हुनु जरुरी छ ।

यति वेला ज्यालादारी गरि परिवारको विहान बेलुका छाक टार्न वर्गलाई समस्या भएको उनिहरुलाई स्थानीय सरकारको हैसियतले सहयोग गर्नु पर्दछ । त्यो स्थानीय निकायको दायित्व पनि हो । नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको नोवल (कोभिड–१९) कोरोना भाइरसका कारण उत्पन्न समस्या निराकरणको लागि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुका लागि राहत स्वरुप ३० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ प्याकेट नुन र चार चक्की साबुन दिने गरेको छ ।हाल सम्म नगरपालिकाले ८ सय माथि घर परिवारलाई राहत सामाग्री वितरण गरे पछि सामाजिक संज्यालमा चर्को विरोध समेत सामान गर्नु परेको छ । विभिन्न व्यक्तिहरुले यसलाई व्यवस्थित नभएको बताएका छन । मानव स्वास्थ्यको सामान्य ख्याल समेत नगरि नगरपालिकाले गरेको काम भने प्रभावकारी भएको मान्न सकिदैन ।

व्यवस्थित र सुरक्षित तरिकाले गरिएको कामले नै स्थानीयको मन जित्न सक्दछ । यस्तो कठिनघडी राहत अव्यवस्थित तवरले राहत विवतरण गर्नु मानव स्वस्थ्य माथिकै प्रहार हुन । सक्दछ, आज सामान्य राहतको नाममा कोही घर परिवार कोरोना संक्रमण भएमा त्यस पछि उत्पन्न जाने परिस्थितीको जिम्मेवारी को ? आजलाइ मात्र होइन भोलीको समयलाई मध्ये नजर गरी मानव शु स्वास्थ्यको ख्याल गर्दा राम्रो होला की ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस