स्मार्टडोकोले थाल्यो होम डेलिभरी, सेलपेमार्फत कारोबार गर्नेलाई १० मास्क

काठमाडौं । स्मार्टडोकोले लकडाउनको अवधिका किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने भएको छ । कोरोनाभाइरसको महामारी स्थितिले सम्पूर्ण राष्ट्र बन्द भएको बेला स्मार्टडोकोले डेलिभरी गर्ने भएको हो ।

साथै सेलपेमार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिनेछ । स्मार्टडोको एक अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरिसकेको छ ।

सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको छ । यस बेला सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको छ ।

यद्यपि अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् ।

हाल डिलिभरी काठमाडौं उपत्यका भित्र मात्र रहेकोछ । वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्टडोकोले “आवश्यक वस्तुहरू बाहेक अरू कुनै पनि सामान बिक्रि वितरण गर्ने छैन ।

ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत www.smartdoko.com मा लगइन गर्न सक्नुहुनेछ र Android वा IOS बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउन सक्नुहुनेछ ।

स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवा मार्फत कारोबार गर्न मिल्नेछ । स्मार्टडोको बाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत QR Code Scan गरी भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउनेछन् ।  स्मार्टडोकोबाट अर्डर गर्नुहोस्, घरमै बस्नुहोस, सुरक्षित रहनुहोस् !

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस