सनराइज बैंकले गण्डकी सरकारलाई दियो ५० थान पीपीई

काठमाडौं । सनराइज बैंकले गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पुर्याउन गण्डकी प्रादेशिक कार्यालय मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो ।

५० थान पीपीई मध्ये ५ थान पुनः प्रयोग गर्न मिल्ने बैंकले जनाएको छ । सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के।सी।ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि सनराईज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशको पर्वत जिल्ला निवासी सनराईज बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पौडेलका अनुुसार यो समयमा पीपीईको सबैभन्दा ठुलो महत्व भएकाले २ हप्ता सम्म पीपीईको खोजी गरी कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई हौषला बढाउन यो सहयोग गरेको बताए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंक लि.बाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाई ५ थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरी यो समयमा पिपिई अत्यन्तै उपयोगी सामाग्री भएको बताउँदै सनराईज बैंकलाई धन्यवाद दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस